पितृहरुको मोक्ष प्रप्तीको निम्ति भन्दै दोलखा मालुमा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु

यहि जेष्ठ २ गते देखी दोलखा मालु वडा नं. २ आम्बोटेमा अवस्थीत घाटमा  श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । आर्यघाटको ब्यवस्थापन र पितृहरुको मोक्ष प्रप्तीको निम्ति सुरु भएको महायज्ञ आउंदो ८ गतेसम्म सञ्चालन हुनेछ । हासम्म महायज्ञमा आर्थीक रुपमा ४ लाख ९२ हजार ३ सय ५ रुपयां संकलन भएको आयोजक संस्थाका संयोजक झुण्डीराज पोखरेलले जानकारी दिनुभयो । महायज्ञको आयेजना समस्त पोखरेल परिवार मालु वडा नं. ६ , ठ र ९ ले गरेको हो । कथा बाचन पण्डित रामसरण अधिकारीले गरिरहनुभएको छ । बाँकी अंश »

रामेछाप जिल्लाले आउंदो ५ बर्ष भित्रमा बिकास सन्र्दभमा फड्को मार्ने

 

जेष्ठ–५ रामेछाप , रामेछाप जिल्ला विकास समितिका कार्यक्रम संयोजक गोविन्द कटटेलले रामेछाप जिल्लाले आउंदो ५ बर्ष भित्रमा बिकास सन्र्दभमा फड्को मार्ने बताउनु भएको छ । आज हजुरको रेडियोको कार्यक्रम इस्यु अफ दि डे मा कुराकानी गर्दैजति पनि भौतिक बिकास अन्र्तगत सुरु भएका कार्यक्रमहरु छन तिनिहरुले पनि सफलता प्राप्त गर्दै अगाडी बढ्ने बताउनुभएको छ । केही भौगोलिक बिकटताले पनि बाटो लगायत अन्य क्षेत्रमा पनि सोचेजस्तो अगाडी बढ्न नसकिरहेको उहांको भनाई रहेको छ । राजनिनितिक दलहरु पिच्छे बाटो खनिएको भन्ने स्थानियको गुनासो छ नी भन्ने प्रश्नमा उहांले त्यस्तो नभएको र स्थानियको माग अनुसार नै बिकासका काम हुने बताउनुभयो । त्यस्तै उहांले खानेपानी समस्या समाधामा पनि जिल्ला बिकास कार्यलयले बिशेष चासो दिइरहेको र खानेपानी समस्या समाधानको पहल भैरहेको पनि बताउनभयो । शिक्षा क्षेत्रमा पनि जिल्ला विकासले सौचालय निर्माण भवन निर्माण जस्ता क्षेत्रमा सहयोग गरिरहेको पनि उहांको भनाई छ ।

बीसौं मदन आश्रित स्मृति दिवसका अवसरमा रामेछाप मनथलीमा रहेको मदन भण्डारीको सालीकमा माल्र्याणपण

जेठ–३ रामेछाप , आज बीसौं मदन आश्रित स्मृति दिवस । मदन आश्रित स्मृति दिवसमा आज  देशभर विभिन्न कार्यक्रम भैरहेका छन । । यसै अबसरमा आज मन्थलीमा पनि मदन भण्डारीको सालीकमा माल्र्याणपण गरिएको छ । माल्र्याणपण कार्यक्रम पछि जिविसमा एक कार्यक्रमको आयाजना समेत गरिएको छ । कार्यक्रम एमाले जिल्ला उपाध्यक्ष प्रेम तामाङ्को अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांङ्ग्रेस जिल्ला उपाध्यक्ष झडप राज भण्डारी , नेकपा एमाले जिल्ला सचिव आनन्द श्रेष्ठ लगाएतको पनि उपस्थिति रहेको थियो । कार्यक्रमका बक्ताहरुले मदन भण्डारी सबैको नेता भएको बताएका छन । समाज परिवर्तनका लागी मदन भण्डारीको बिचार शसक्त रहेको र ब्यावहारमा उर्तार्नुपर्नेमा जोड दिएका छन । बाँकी अंश »

.गरिवि घर परिवार पहिचान र परिचयपत्र त्तयावस्थपन तथा वितरण सम्वन्धी ४ दिने तालीम सम्पन्न

जेठ–३ रामेछाप ,गरिवि घर परिवार पहिचान र परिचयपत्र त्तयावस्थपन तथा वितरण सम्वन्धी गणक तथा सुपरभाईजरहरुका लागी रामेछाप मन्थलीमा सुरु भएको ४ दिने तालीम आज  सम्पन्न भएको छ । तथ्याङ् संकलन गर्नको लागी गणक तथा सुपरभाइजरहरुको लागी सहजता प्रदान गर्ने उदेश्यले तालीम प्रदान गरिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत गोविन्द कटेलले जानकारी दिनुभयो । तालीममा तथ्याङ्क संकलन तर्फ ७० जना र सुपरभाईजर १० जना गरी ८० जनालाई यो तालीम उपलब्ध गराईएको छ । तालीम पश्चात एक गणकले ६०० घरधुरी बराबरको तथ्याङ्क संकलन गर्ने बताईएको छ  यो कार्यक्रम जिल्लाका ५५ वटै गावीसमा भदौ सम्म सञ्चालन हुने बताईएको छ । गणकहरु यहि ५ गते देखि जेष्ठ मसान्त सम्म प्रत्येक घर घरमा गएर तथ्याङ्क संकलन गर्नेछन । बाँकी अंश »

प्रकृतिक स्रोत साधनमा महिलाहरुको हक अधिकारको बिषयक १ दिने अन्र्तक्रिया रामेछाप मन्थलीमा सम्पन्न

जेठ–३ रामेछाप ,शसक्त ग्रमीण महिला , हिमावन्ती प्रकृतिक स्रोतको दिगो ब्यवस्थापन भन्ने नारा सहित सामुदायिक वनमा लैङिगक तथा सामाजिक समावेसीकरणका लागी निति पैरवी संवन्धी १ दिने अन्र्तक्रिया कार्यक्रम आज रामेछाप मन्थलीमा सम्पन्न भएको छ । हिमालय ग्रमीण प्राकृतिक स्रोत ब्यावस्थापन समुहको आयोजनमा गरिएको कार्यक्रम सोही समुहकी अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रकृतिक स्रोत साधनमा महिलाहरुको हक अधिकारको बिषयका छलफल भएको छ । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु समाजसेवी सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि एवं संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो । बाँकी अंश »

घरमा कोही नभएको अवस्थामा विष सेवन गर्दा ओखलढुङ्गा खिजिकातीमा एक गम्भीर घाईते

जेठ–३ , ओखलढुङ्गा गावीसको खिजिकाती गावीसको वडा नं. ४ का मोहन प्रसाद घिमिरेका श्रीमती सुमीत्रा घिमिरेले आज बिष सेवन गर्दा गम्भीर घाईते भएका छन । घरमा कोही नभएको अवस्थामा पोटास सेवन गरेको बताइएको छ । विष सेवन गरी अचेत अवस्थामा रहेका बेला गाउंलेले भेट्टाएको र हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको त्यहांबाट चुडा प्रसाद पौडेलले जानकारी दिएका छन । अहिे सम्म पनि बिरामीको अवस्था गम्भीर रहेको बताईएको छ । बाँकी अंश »

एकिकृत घुम्ति शिविर रामेछापमा आजदेखी लाप्चाने सेवा केन्द्र प्रितिमा सेवा सिविर सञ्चालन

जेठ–३ रामेछाप , जिल्ला प्रशासन कार्यालय रामेछापले यहि बैशाख १३ गतेदेखी स्थानिय स्तरमा पुगी  सेवा दिन थालेको एकीकृत घुम्ती सिविर बिभिन्न ठाउंमा संचालन हुंदै आएको छ  जस अन्र्तगत आजदेखी अन्तीम सेवा केन्द्र लाप्चाने
सेवा केन्द्र प्रितिमा सेवा सिविर सञ्चालन भैरहेको छ । संचालन भैरहेको सेवा सिविरबाट नागरिकता बितरण अपाङ्गता परिचयपत्र मतदाता नामावली संकलन कार्य हुंदै आएको छ । सिविरमा स्वास्थ्य सम्बन्धी, सेवा , कृषिसंग संबन्धीत सेवा ,टेलिकमको सेवा  अपाङ्गता परिचयपत्र बितरण पनि भैरहेको छ । प्रीतिमा
सञ्चालन हुने सिविरबाट प्रीति र आसपासका गावीसका बासिन्दाले सेवा
लिइरहेका छन यो सेवा सिविर जेठ ५ गतेसम्म सञ्चालन हुनेछ ।

ट्याक्टर दुर्घटनामा ३१ जना घाइते

जेष्ठ २ गते
आज बिहान दोलखाबाट रामेछाप मन्थली आउंदै गरेको ट्याक्टर पल्टिंदा ३१ जना घाइते भएका छन । बिहान करिव पौने आठ बजेतिर ना ३ न ९३३५ नं. को
ट्याक्टर दुर्घटनामा परेको प्रंहरीले जनाएको छ । बिजुलीका समान बोकेर आएकोट्याक्टर  बढी लोड भएका कारण ट्याक्टर दुर्घटनामा परेको हुनसक्ने अनुमान गरिएको छ । घाइतेहरुमध्य ३ जनको अवस्था गम्भिर रहेको र काठमाण्डौ लगिएको ड्युटी अफिसर राजेश कुमार बस्नेतले जानकारी गराउनुभएको छ ।

समाजबाद चाहनेले नेपाली कांग्रेसलाई पछ्याउनु पर्नेमा नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य एव्म पूर्व मन्त्री घिमिरेको जोड ।।

नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री, नेपाली काग्रेसका सचेतक लक्ष्मणप्रसाद घिमिरेले कांग्रेसका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम अन्र्तगत  आज रामेछाप गाविसको गौरीसंकर बहुमुखी क्याम्पसको हलमा  प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणमा कांग्रेसका स्थानिय  अगुवा कार्यकर्ता, नेताहरु र सुभचिन्तकहरुको सहभागीता रहेको थियो । भेटघाट कार्यक्रम यस भन्दा अगाडी रामेछापका बिभिन्न ५ ठाउंमा सञ्चालन भैसकेका छन भने भेटघाट कार्यक्रमको यो अन्तिम प्रशिक्षण भएको नेपाली कांग्रेस रामेछापले बताएको छ । त्यस्तै हजुरको रेडियोको कार्यक्रम प्रश्नमा कुराकानी गर्दै उहांले अब हुने
संबिधानसभाले ए. नेकपा माओवादीलाई देशमा तेस्रो स्थानमा सिमित राख्ने बताउनु भएको छ ।  त्यसैगरी प्रत्यक्ष निर्वाचन भए कांग्रेसले बहुमत ल्याउने पनि उहांले जिकिर गर्नुभयो ।

विद्यालयको छानो उडाउदा कागजात भिजेर नष्ट ।।

आज साँझ पौने ५ बजेतिर आएको पानी र हावाहुरस्ले रामेछाप भटौली वडा नं. ६ मा रहेको नवदुर्गा प्राविको ३ कोठे भवनको जस्ताको छाना उडाएको छ । विद्यालयको छाना उडाउदा अफिसमा भएको सम्पूर्ण कागजात भिजेर काम नलाग्ने भएको सोही विद्यालयका प्रध्यानाध्यापक शिव कार्कीले जानकारी दिनुभयो ।