कांग्रेस–एमाले शान्ति र संविधानका बाधकः प्रचण्ड

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रकृयामा नेपाली कांग्रेस एमालेले अवरोध गरेको आरोप लगाउनु भएको छ । ज्ञान प्रकाश उच्च माविको स्वर्ण जयन्ती उद्घाटन गर्न ओखलढुंगाको घोराखोरीमा सम्बोधन गर्दै प्रचण्डले शान्ति प्रकृयाका काममा बखेडा झिकेर अवरोध गरेकाले गति दिन नसकिएको बताउनु भएको छ । नेकपा एमाले र कांग्रेसले माओवादीलाई असफल बनाउन विभिन्न कोणबाट असहयोग गरेपनि जेठ १४ भित्र शान्ति प्रकृया पुरा गरेरै छोड्ने भन्दै पूर्व प्रधानमन्त्री दाहालले एमाले कांग्रेस गठबन्धन शान्ति र संविधानका बाधक भएको आरोप लागउनु भएको हो ।
संविधान सभाको सबैभन्दा ठूलो दलको हैसियतले शान्ति र संविधानका मुद्दामा आफ्नो पार्टीले गम्भीर रुपमा लिएको बताउँदै्र उहाँले सबै दलहरुसँग शान्ति प्रकृया टुंगोमा पु¥याउने बिषयमा छलफल भइरहेकाले जेठ १४ भित्र शान्ति र संविधान पुरा हुने बताउनु भयो । तीनदल बीच समस्या समाधान गर्न सकारात्मक छलफल भइरहेको छ, उहाँले भन्नुभयो, हाम्रो कार्यभार जनताको संविधान निमार्ण गर्ने भएकाले हामी जिम्मेवार ढंगले प्रस्तुत भएका छौँ । सबै दलहरुको सहमतिमा राष्ट्रिय सरकार बनाउन सकिने बाटो खुला गरेर माओवादी प्रस्तुत भएपनि पुराना संसदवादी दलहरु प्रतिगामी एजेण्डामा अडिग रहेकाले समस्या भएको दाहालले स्पष्ट पार्नुभयो ।
सेना समायोजनको विषयमा सहमति हुन नसक्दा शान्ति प्रकृया अधुरो भएको भन्दै अध्यक्ष दाहालले १२ बर्ष युद्ध लडेको जनसेनाको अस्तित्व प्रतिगामीहश्रले स्वीकार गर्न नसकेको भन्दै सेना समायोजन सम्मानजक हुनु पर्ने बताउनु भयो । माओवादीको त्याग र बलिदानको मुल्यांकन समायोजनमा जिम्मेवारी पनि भएको उहाँको तर्क छ । नेपाली सेनामा जनसेनाको समायोजन पदको मात्रै मोलमोलाईको रुपमा प्रचार गरिएको भन्दै उहाँले जर्नेलसम्म समायोजनका जनसेनाले हेसियत राख्ने भएकाले सोही अनुसार समायोजन प्रकृया अगाडि बढाउनु पर्ने आफ्नो पार्टीको धारणा रहेको जानकारी दिनु भयो । सेना समायोजन, शान्ति प्रकृया र संविधान निमार्णको प्रकृया प्याकेजमा हुने बताउँदै उहाँले अन्य दलहरुले शानित प्रकृया अगाडि टुंग्याउनु जर्ने बखेडा झिकेर अवरोध गरेकाले सोचे जति उपलब्धी नभए पनि माओवादी नेतृत्वको सरकारले शान्ति प्रकृयाका काममा सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको दावी गर्नुभयो ।

Both comments and pings are currently closed.

Comments are closed.