रामेछाप भालुखोपका स्थानियहरु तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल

बैशाख–२३ रामेछाप , रामेछापको ओख्रेनी ८ स्थित भालुखोप गाउं अन्र्तगत पर्ने लामाटार र खोपटार गाईटार , कटुञ्जे पाखाटोल र डाडांटोलका स्थानिय कृषकहरु बिगत १६बर्षदेखी तरकारी खेतीबाट राम्रा् आम्दानी लिन सफल भएका छन । २०४६ सालमा  कृषि बिकास कार्यलय रामेछावले कृषकहरुलार्इ तरकारी खेती संबन्धी तालीम दिनुका साथै तरकारी को बिउ बितरण पनि गरेको थियो । तालीम दिएको केही बर्षबाटै कृषकहरुले ब्यबसायिक तरकारी खेती सुरु गरेका थिए । ओख्रेनी गावीसको ८ र ९का गरी  १४७ घर पािरवार मध्य हाल ९० घर परिवारले ब्यक्तीगत लगानीमा व्यबसायिक खेती गरेको कृषक पदम लामाले बताउनु भएको छ । कृषकहरुले अहिले मौसमी र वेमोसमी दुबै तरकारीहरु काउली बन्दा , फर्सी, आलु, लसुन , प्याज , लगायत अन्य  तरकारीहरु बाट, खेती गरी कृषकहरु विक्रिबाट सम्पुर्ण घरखर्च कटाएर बर्षमा न्युनतम प्रतिघर परिवार ४० हजार देखी १ लाख सम्म आम्दानी हुने गरेको बताउंछन ।  साथै अहिले गाउंमा सडकको सुबिधा पुगेपछि तरकारीहरु बोकेर हाट बजार लैजानु नपर्ने भएको छ । कहिलेकांही त गाउंमै मानिसहरु तरकारी खरिद गर्न आउने हुंदा अझ सिजलो गरेको र तरकारीले पनि  बजार राम्रंो पाएको स्थानिय अनन्त घिमिरेले जानकारी गराउनुभएको छ ।

Both comments and pings are currently closed.

Comments are closed.