गरिवि घर परिवार पहिचान र परिचयपत्र वितरण संम्वन्धी रामेछाप मन्थलीमा तालीम सुरु

बैशाख ३१ – रामेछाप , गरिवि घर परिवार पहिचान र परिचयपत्र तथा व्यबस्थपन तथा वितरण संम्वन्धी गणक तथा सुपरभाईजरहरुका लागी ४ दिने तालीम आजबाट रामेछाप मन्थलीमा सुरु भएको छ । तथ्याङ् संकलन गर्नको लागी गणक तथा सुपरभाइजरहरुको लागी सहजता प्रदान गर्ने उदेश्यले तालीमको आयोजना गरिएको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत गोविन्द कटेलले जानकारी दिनुभयो । तालीममा तथ्याङ्क संकलन ७० जना र सुपरभाईजर १० जना गरी ८० जनालाई यो तालीम उपलब्ध गराईने छ । तालीम पश्चात एक गणकले ६०० घरधुरी बराबरको तथ्याङ्क संकलन गर्नुपर्ने बताईएको छ  यो कार्यक्रम जिल्लाका ५५ वटै गावीसमा भदौ सम्म सञ्चालन हुने बताईएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले प्रत्येक घर पुगेर सहि तथ्याङ्  तथा तथ्य तथ्याङ् संकलन गर्न  गणकहरुलाई आग्रह गर्नुभयो । त्यसैगरी  कार्यक्रममा स्थानिय विकास अधिकारी नारायण प्रसाद मैनालीले हुंदा खाने र हुने खानेको खाडल पुरी एकद्धार गर्नको लागी  , नेपाल सरकारले यस्तो  कार्यक्रम लयाएको बताउनुभयो । यस्तै कार्यक्रममा गैर सरकारी संस्था महासंघका विरेन्द्र श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष टिका भट्ट  लगएते पनि संवोधन गर्नुभएको थिया । कार्यक्रम स्थानिय अधिकारी नारायण प्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी  , प्रहरी नायब उपरिक्षक गोपाल चन्द्र भट्टराई , सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधहरुको सहभागीता रहेको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.