रामेछापमा चेलीबेटी बेचबिखनमा सुन्यता प्रहरी प्रमुख गोपालचन्द्र भट्ट्राईको भनाई

जेष्ठ–२३ रामेछाप, रामेछापमा चेलीबेटी बेचबिखनमा सुन्यता रहेको प्रहरी प्रमुख गोपालचन्द्र भट्ट्राईले बताउनु भएको छ । चोरी डकैति नस्ता घटनाहरुमा पहिले भन्दा अहिले धेरै कमि भएको भन्दै त्यस्ता जघन्य अपराधका घटना पछिल्ल्व समयमा नभएको उहांले बतउनुभयो । सवारी दुर्घटना घटाउन प्रहरीले बिशेष अप्रेशन अभियान सञ्चालन गरेको भन्दै सडक सुधार जस्ता योजनाले पनि सवारी दुर्घटनामा कमि ल्याउने उहांले बिश्वास ब्यक्त गर्नुभएको छ । यसभन्दा अघि चोरीका सवारीसाधनको जे जस्तो अवस्था भए पनि अहिले भने निक्कै कमि आएको उहांको भनाई छ । सामजमा शान्ती सुरक्षा कायम गर्ने सन्र्दभमा आम नागरिकको पनि अहम भुमीका रहने भन्दै उहांले प्रहरीको अभियानमा सामेल हुन र प्रप्त गरेका सुचना जानकारीहरु प्रहरीलाई उपलब्ध गराउन सबैलाई आग्रह गनुभएको छ । आज बिहान हाम्रो कार्यक्रम इस्यु अफ दि डे मा कुराकानी गर्दै उहांले प्रहरीमा आउने गरेका गरेका बिभिन्न घटनाहरुको चुस्त दुस्त र तदारुकताकासाथ अनुसन्धान र छानबिन गरि सत्य तत्थ्य बाहिर ल्याउने गरेको बताउनुभएको छ । 

Both comments and pings are currently closed.

Comments are closed.