केही समयको अन्तराल पछि स्ववियु चुनाव पनि हुने

जेष्ठ–२७ , नेपालका राजनितिक दलहरुले गैर राजनितिक ब्यक्तीको हातमा राज्य सुम्पेर गल्ति गरेको नेविसंघका प्रवक्ता युपी लामीछानेले बताउनुभएको छ । यसो भन्दैमा फेरी तत्कालै सरकार परिवर्तन तिर लागेर देशले निकास नपाउने उहांले बताउनुभयो । कार्तीक वा मंसिरको पहिलो साता संविधान चुनाव हुने र त्यसकोलागी सहजीकरण कांग्रेसले गरिरहेको उहांको भनाई छ । आज बिहान हजुरको रेडियोको कार्यक्रम  इस्यु अफ दि डेमा कुराकानी गर्दै उहांले केही समयको अन्तराल पछि स्ववियु चुनाव पनि हुने  बताउभयो । अन्य दलका बिद्यार्थी  संगठतिर संकेत गर्दै उहांले अहिले केही बिद्यार्थी संगठनले आफ्नो हार हुने देखेर चुनाव बिथोल्न बिभिन्न क्याम्पसमा तालबन्दी गर्दै बिभिन्न माग राखेर हुन  लागेको चुनाव बिथोलेको आरोप लगाउनुभयो । उहांले फरक प्रशंगमा राजनितिक स्थरबाट कांग्रेसले महिलाई उचित स्थान दिएको भन्दै युवाहरुको कुरा कांगेसले सुन्ने गरेको र युवालाई प्राथमिकताम राखेको समेत बताउनुभयो ।

Both comments and pings are currently closed.

Comments are closed.