रामेछापमा रामेछाप जिल्लामा २० प्रतिशतले धान उत्पादन बढ्यो ।।

रघुनाथ बजगाँई

मंसिर–13 , रामेछाप जिल्लामा यसवर्ष  धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनमा यसवर्ष २० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कृषि कार्यालय रामेछापले जनाएको छ । यसबर्ष धान खेतीका लागि अनुकुल मौसम भएका कारण अघिल्लो बर्षको तुलनामा धान उत्पादन बढेको वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताउनुभयो  । यसवर्ष ३२ हजार ४ सय मेट्रिक टन धान उत्पादन भएको उहांले जानकारी दिनुभयो  । अघिल्लो वर्ष रामेछाप जिल्लामा  २७ हजार ६ सय ९० मेट्रिक मात्र धान उत्पादन भएको थियो ।रामेछापकै अर्को खबरमा जिल्ला लघु उधमी समुह संघ र उधम विकास समाजको आयोजनामा तरकारी खेती र च्याउ खेती सम्वन्धी तालिम रामेछापमा भोलीबाट सकिंदै छ । तालिम रामेछापको सुकाजोर गाविस र बाबियाखर्क गाविसमा चलिरहेको छ । तालिममा सहभागिहरुको बिशेष चासो बेमौसमी तरकारी खेतिमा देखिएको छ । तालिममा सिताके च्याउ र स्थानिय स्तरमा हुने बेमौसमी तरकारी खेती सम्बन्धी सञ्चालन भैरहेको आयोजकले जनाएको छ । मंसिर ७ गते देखी सुरु भएको तालिम सुकाजोरमा महाकाली कृषि सहकारी सुकाजोर ८ चाम्बोटको भवनमा पर्सी चलिरहेको हो । त्यस्तै बाबियाखर्कमा भने अनुपम नमुना समाजको कल्वको भवनामा भैरहेको हो । तालिमको सहजीकरण कृषि विकास कार्यलयका वाली संरक्षण अधिकृत गोविन्द बराकोटी र उधम विकास सेवा समाजका सहजकर्ता दिपा बरालले गरिरहनुभएको छ ।

Both comments and pings are currently closed.

Comments are closed.