रामेछापका किसानहरु धान काटेर खाली जग्गामा आलु लगाउँदैं

रघुनाथ बजगाँई

मंसिर–१६, रामेछापका किसानहरु यतिबेला धान काटेर खाली रहेको जग्गामा आलु लगाउँन थालेका छन । छिटो उत्पादन दिने र रोग सहन सक्ने जात छनोट गर्न कृषि कार्यलय रामेछापले किसानहरुलाई सुझाव दिएको छ  । अहिले रामेछाप र आसपासका जिल्लाहरुका धेरै ठाउँमा आलु लगाउने काम भैरहेको कृषि कार्यलय रामेछापका प्रमुख केशव देवकोटाले जानकारी दिनुभयो । रामेछापमा बिशेषगरी डेजिरे, जनकदेव, कार्डनिल जातका आलुहरु हुने गरेको छ । रामेछापमा जनकदेव आलुको खेती पोहोरबाट बढ्दै गएको आलु बिशेषज्ञ श्रीषी सुवेदीले जानकारी दिनुभयो , यसपाली यसै जातको माग बढि आईरहेको उहाले बताउनुभयो । अघिल्व बर्ष रामेछापमै जनकदेव आलु १ क्वीन्टर लगाउंदा २२ देखी २४ क्वीन्टर सम्म उत्पादन भएको पाइएको आलु बिशेषज्ञ सुवेदीले जानकारी दिनुभयो । उहांका अनुसार रामेछापका दोरम्बा, रस्नालु, डडुवा ,बाम्ती, कुभुकास्थली, भुजी, प्रिति, गुप्तेश्वर लगायतका क्षेत्रमा बढि आलु खेती हुने गरेको छ । बिशेषगरी आलुमा डडुवा रोगले सताउन सक्ने भन्दै सचेत रहनुपर्ने कृषि कार्यलय रामेछापका वाली संरक्षण अधिकृत गोविन्द बराकोटीले जानकारी दिनुभयो । यस्तो समस्या समाधान गर्नको लागी किसानले डडुवा बिनाशक बिशादि १० देखि १५ दिनको बिचमा गरिरहनुपर्ने उहांको भनाई छ । आलु बिशेषज्ञ श्रीषी सुवेदीका अनुसार चिसो र हुस्सुले डडुवारोग लाग्ने भएकाले विशेष ध्यान पुर्यायनुपर्छ । जनकदेव नामको जातमा रोग सहन सक्ने क्षमता बढि रहेको उहाँले बताउनुभयो । डडुवा रोग आलुखेतीको मुख्य समस्याको रुपमा देखिएको छ । त्यसैले बीउ छनोटदेखि नै ध्यान दिनुपर्ने सुवेदीको भनाइ छ । देशका सबै ठाउँमा लगाउन सकिने र खाद्य सुरक्षाको हिसाबले पनि महत्वपूर्ण भएकाले धान, मकै र गहुँपछि आलुलाई मुख्य खाद्यान्नको रुपमा लिइने गरिएको कृषि कार्यलय प्रमुख केशव देवकोटाले बताउनुभयो ।

Both comments and pings are currently closed.

Comments are closed.