रामेछाप र आसपासका ४ जिल्लामा वर्षैभरि सयपत्री फुलाउन परीक्षण शुरु

रघुनाथ बजगाँई
मंसिर –१९, रामेछाप र आसपासका जिल्लामा सयपत्री फूलको उत्पादन बढाई आयात घटाउन १२ महिना नै फूल उत्पादनका लागि परिक्षण शुरु भएको छ । नेपालमा अहिले २ महिना मात्र सयपत्रीको उत्पादन हुने गरेको छ । अब १२ महिनानै फुल उत्पादनका लागि वागवानी अनुसन्धान महाशाखासंगको सहकार्यमा प्लोरिकल्चार एसोसियसन अफ नेपालले प्रयास थालेको हो । हरेक महिना सयपत्री फूलको व्यवसायिक उत्पादन गर्ने उद्देश्यले पहिलो चरणमा अहिले ४ जिल्लामा अनुसन्धान थालिएको एशोसिएशनका उपाध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो ।  रामेछाप ,काभ्रे, सिन्धलीर सिन्धुपाल्चोकमा सयपत्री फूल खेती हुने सम्भावित ठाउँको अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । सयपत्रीको खेती गर्न भारतबाट २ किलो बिउ ल्याउने तयारी भएको छ । एक दुई दिनमा बिउ आइपुग्ने  श्रेष्ठले बताउनुभयो । सयपत्रीको व्यवसायिक खेतीका लागि न्यूनतम  तापक्रम ८ डिग्री भन्दा तल नझर्ने, हुस्सु नलाग्ने ठाउँको परिक्षण भइरहेको छ । उपयुक्त ठाउँ भेटिएपछि फूल खेतीका लागि किसानलाई तालिम दिई विरुवा रोप्नेदेखि लिएर त्यसको बजारीकरण गर्न सम्म सहयोग गरिने प्लोरिकल्चार एसोसियसन अफ नेपालले जनाएको छ  ।

Both comments and pings are currently closed.

Comments are closed.