रामेछापमा धान उत्पादनमा बृद्धि ,जिल्लाभरमा ३२ हजार ४ सय मेट्रिक टन उत्पादन ।।

रघुनाथ बजगाँई, रामेछाप
मंसिर– २६, रामेछाप जिल्लामा यसवर्ष  धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष २० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालय रामेछापले जनाएको छ । यसबर्ष धान खेतीका लागि अनुकुल मौसम भएका कारण अघिल्लो बर्षको तुलनामा धान उत्पादन बढेको वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बताउनुभयो  । अघिल्लो वर्ष रामेछाप जिल्लामा  २७ हजार ६ सय ९० मेट्रिक मात्र धान उत्पादन भएको थियो । यसवर्ष भने ३२ हजार ४ सय मेट्रिक टन धान उत्पादन भएको उहांले जानकारी दिनुभयो  ।

Both comments and pings are currently closed.

Comments are closed.