रामेछापको जुनार उत्पादनमा यसबर्ष बृद्धि

रघुनाथ बजगाँई,  रामेछाप

मंसिर–२८,उत्पादनको दृष्ट्रिकोणले नेपालकै अग्रणी मानिएको रामेछाप जिल्लामा यस वर्षको जुनार पोहोर भन्दा केही प्रतिशत मात्र उत्पादनमा बृद्धि हुने अनुमान जिल्ला कृषि बिकाश कार्यलय रामेछापले गरेको छ । यस बर्ष फल खाने किरा अर्थात औँसा रोगमा कमि आएको र बगैंचा ब्यावस्थापनमा पनि सुधार भएका कारण उत्पादनमा बृद्धि हुने अनुमाग गरिएको कृषि कार्यलय प्रमुख केशव देवकोटाले जानकारी दिनुभयो । उहांका अजुसार रामेछापका ५५ गाविसमध्ये ४२ गाविसमा ब्यावसायिक जुनार खेती हुँदै आएको छ । ४२ गाविसमध्य ८ सय ७१ हेक्टर क्षेत्रफमा ब्यवसायिक जुनार खेती हँुदै आएको छ । रामेछापमा पोहोर ८ हजार ७ सय ९० मेट्रिक्टन जुनार उत्पादन भएको थियो । यसपाली भने केही बृद्धि हुंदै ९ हजर सम्म उत्पादन हुने अनुृमान गरिएको कार्यलय प्रमुख देवकोटाको भनाई छ । यस बर्ष झण्डै ३० प्रतिशत देखी माथी उत्पादित जुनार बिक्रि भैसकेको वाली संरक्षण अधिकृत गोविन्द बराकोटीले जानकारी दिनुभयो । रामेछाप जिल्लामध्य सालु, सुकाजोर ओख्रेनी, रामेछाप, भलुवाजोर रामपुर, ओख्रेनी लगायत गाविसहरुमा बढि जुनार उत्पादन हुने गरेको  छ । किसानहरु यतिबेला जुनार प्रतिकिलो २० देखी २५ रुपयांमा बिक्रि गरिरहेका छन । जुनारको मुल्यमा यसपाली पोहोर भन्दा खासै बृद्धि नभएको किसानहरुको भनाई छ । बिभिन्न रोगका कारण पोहोर झण्डै ३० प्रतिशतले उत्पादनमा गिरावट आएको किसानहरुले जनाएका छन । बिशेषगरी जुनारमा फल खाने किरा लाग्ने र सोही रोगका कारण उत्पादनमा असर पर्ने गरेको जिल्ला कृषि बिकास कार्यलयले जनाएको छ । रामेछापमा उद्योग वाणिज्य संघले जुनार खेतीलाई प्रबर्द्धन गर्ने उद्देश्यले एक गाउ एक उत्पादन कार्यक्रम जिल्लाका केहि गाविसमा लागु गरेको भएपनि आफुहरुले यस कार्यक्रमवाट त्यती धेरै फाइदा लिन नसककेको किसानहरुको गुनासो छ । बिगतका वर्षदेखि रामेछापको जुनारका बोट बिरुवामा संक्रमण देखा परेपछि रुख सुक्ने गरेको समेत किसानहरुले बताएका छन । रामेछाममा उत्पादित जुनार प्रायजसो काठमाण्डौमा नै खपत हुने गरेको छ । यसको अलावा स्थानिय स्तरमा लाग्ने हाट बजारमा पनि खपत हुने गरेको छ ।

Both comments and pings are currently closed.

Comments are closed.