रामेछापमा हाट, तरकारी फलफूल र खसीबोकाका लागी प्रख्यात

रघुनाथ बजगाँई, रामेछाप
मंसिर–२८, बषौं देखि रोछापमा साप्ताहिक हाटबजार लाग्दै आएको छ । रामेछापमा जिल्लामा साताभरी नै बिभिन्न ठाउँमा हाटबजार लाग्ने गरेको छ । जसमध्य पुरानो सदरमुकाम  रामेछाप बजारमा लाग्ने हाट भने तरकारी फलफूल र खसीबोकाका लागी प्रख्यात छ । कृषि संग संवन्धित फलफुल,तरकारी, अन्न , कपडा , अन्य किराना समानहरु सबै पाइन्छन । स्थानिय स्तरमा उत्पादित गुन्दी , डोको डालो देखि भांडाकुडाहरु समेत बजारमा पाइन्छन । हाटबजारमा सस्तो मोलमा पाउने दाबी गर्ने उपभोक्ताहरुपनि अरु पसलमा कमैमात्र सामान किन्ने गर्दछन बिभिन्न डिजाइनका कपडादेखि बिभिन्न शृङ्गारका समानहरु पनि पाइने हुंदा स्थानीयलाई हाट बजारले ठुलो टेवा पुर्याउँदै आएको छ । हाटबाहेक अरु दिन बजारमा हरियो तरकारी किन्न नपाउने भएकाले स्थानीय बासिन्दा हाटको भर पर्ने गरेका छन । रामेछापमा लाग्ने हाटबजारमा  बंगुर, खसिबोका देखि कुखुरा समेत बिक्रिका लागी ल्याइन्छन । स्थानीय स्तरमा उत्पादन भएका सबै उपजहरु बजार सम्म ल्याएर जिविको पार्जन गर्नेहरु पनि छन । स्थानियहरु आफुसंग भएका बस्तुभाउ तथा तरकारी बिक्रि गरी त्यसैबाट आएको कमाइले घरमा आवश्यक सामग्री किन्ने गरेको बताउँछन  । बिहीबारे हाटमा लाखौंको कारोबार हुने गरेको स्थानीय व्यापारीहरु बताउँछन । बिहिवारे हाटबाट खरिद गरिएका खसीबोका तथा बंगुरहरु छिमेकी जिल्ला दोलखा र काठमाडौंसम्म पुग्ने गरेका छन । स्थानिय समुदायका लागि भरपर्दो वजार बन्ने गरेको छ । त्यस्तै हरेक सोमबारे हाट सदरमुकाम मन्थली पनि लाग्दै आएको छ । रामेछाप सांघुटारमा हरेक शुक्रवार तथा धोवी बजारमा बुधवार हाट लाग्ने गरेको छ , रामेछाप र सिन्धुलीको संगममा रहेको खुर्कोटमा हरेक बुधवार र मंगलवार हाट लाग्ने गरेको छ । आसपासका बासिन्दा हरियो तरकारीका लागि बजार जाने गरेका छन । सोमबारे हाटमा मन्थली आसपासका उत्पादनले बजार पाउने गरेको छ ।

Both comments and pings are currently closed.

Comments are closed.