कांग्रेस एमालेलाई घुंडा टेकाउन मात्र माओबादीको बिरोध :भण्डारीको आरोप

रघुनाथ बजगाँई, रामेछाप
मंसिर–२८,राजनितिक सहमति भयो भने कांग्रेस एमालेलाई घुंडा टेकाउन सकिन्छ कि भनेर माओबादीले बिरोध गरिरहेको नेपाली कांग्रेस रामेछाप जिल्ला उप सभापति झप्पडराज भण्डारीले बताउनुभएको छ । उहांले राष्ट्रपतिको बिषयमा अन्तरिम संविधानमा भएको ब्यावस्था अनुसार नै सहमति हुने पनि बताउनुभयो । बिरोध गर्नेहरुले हारेको कारण मात्र चुनाव धांधली भएको भन्दै चुनाव निश्पक्ष रुपमा सम्पन्न भएको बताउनुभयो । आज बिहान हजुरको रेडियो संग कुराकानी गर्दै, उहांले रामेछापमा त्यस्तो कतै चुनाव धांधली नभएको बताउनुभयो । जिल्ला उपसभापति भण्डारीले अब कांगेस र एमाले मिलेर संविधान लेख्नुपर्ने बताउनुभयो । लोकतन्त्रमा संविधान सभामा जान्न भन्नेलाई छुट हुने भन्दै जितेका उमेरदवारले राजिनामा गरी बस्छु भनेपनि स्वतन्त्रता रहेको बताउनुभएको छ ।

Both comments and pings are currently closed.

Comments are closed.