नेकपा–माओवादीमा ओखलढुंगा विभाजित ।।

नेकपा–माओवादी जिल्ला समिति ओखलढुंगा विभाजित भएको छ । प्रथम जिल्ला सम्मेलनमा पार्टी हित विपरित काम गरेको भन्दै दुई जना नेताहरुलाई कारवाही गरेपछि उनीहरुले समानान्तर समिति बनाएका छन् । जिल्ला नेतृत्वप्रति असन्तुष्ट समुहले यादव विष्टको नेतृत्वमा १४ सदस्यीय जिल्ला समिति चयन गरेपछि माओवादीमा औपचारिक विभाजन देखिएको छ । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङको उपस्थितिमा भएको प्रथम जिल्ला सम्मेलनले मोहन खड्का हिमशिखरको नेतृत्वमा ३५ सदस्यीय जिल्ला समिति चयन गरिएपछि असन्तुष्ट समुहले बुधबार विहान पत्रकार सम्मेलन गरेर समानान्तर समिति घोषणा गरेको हो ।जिल्ला नेतृत्वले क्रान्तिको बाटो छोडेकाले पार्टी पुनः गठन गरिएको समानान्तर समितिका सेक्रेटरी यादव विष्टले बताउनुभयो । यता संस्थापन पक्षले भने कारबाहीमा परेपछि जनताका सामु चोखो देखिन समानान्तर समूह बनाएको दावी गरेको छ । जिल्ला सेक्रेटरी मोहन खड्का हिमशिखरले जिल्ला सम्मेलनपछि बसेको पहिलो बैठकबाट विष्ट र फत्त बोगटीलाई पार्टी हितविपरित काम गरेको निष्कर्षसहित कारबाही गरेपछि समानान्तर समिति बनाएको जानकारी दिनुभयो ।विष्ट र बोगटी इलाका सदस्यमा पराजित भएपछि  पार्टी नेतृत्व विरुद्ध लागेकाले कारबाही गरिएको उहाँको भनाइ छ । जिल्ला समितिको पहिलो बेठकले मंगलबार विष्ट र बोगटीलाई कारबाही गरेपछि बुधबार विहानै समानान्तर समिति घोषणा गरेका थिए ।

Both comments and pings are currently closed.

Comments are closed.