१८ मेट्रिकटन मकैको विउ वितरण, आत्मनिर्भर बन्दै कृषक ।।

रामहरि श्रेष्ठ,हजुरको रेडियो रामेछाप,

जिल्ला कृषि विकास कार्यालय रामेछापले १८ मेट्रिक टन मकैको विउ किसानलाई वितरण गरेको छ । जिल्लाका ७ ओटा कृषि सेवा केन्द्रमार्फत् मकैको विउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख केशव देबकोटाले जानकारी दिनुभयो । किसानलाई कम लगानीबाट बढि प्रतिफल हासिल गराउने उद्देश्यले मकैको विउ वितरण गरिएको उहाले बताउनुभयो । प्रति किलो १४ रुपैया मूल्य अनुदानमा विउ वितरण गरिएको र पुराना जातको विउ भन्दा बढि उत्पादन हुने  भएकोले पनि कृषकहरु यस्तो बिउ प्रति आर्कशित भएको पनि उहाँले बताउनुभयो । वितरण गरिएको मकैका विउहरुमा गणेश १ ,अरुण २ ,मनकामना ३, र देउति  जातका मकैको विउ वितरण गरेको र जिल्लमा सबै भन्दा बढि मकैबाली हुने भएको उत्पादन  राम्रो हुने पनि बताउनु भयो । जिल्लामा हाल २२ हजार ७ सया ८० हेक्टर जमिनमा किसानहरुले मकै लगाउदै आएका छन् । यसैबिच पानी नपरेको कारण मकै रोप्न ढिलो भएर चिन्तित भएका रामेछापका किसानहरु अहिले पानी पर्न थालेपछि  खुशि भएका छन् । पानी नपरेका कारण मकै रोप्न ढिलो भएको र रोपेको मकै पनि नउम्रिका कारण चिन्तीत भएका किसानहरु पानी परेपछि खुशि हुदै खेतबारिमा मकै रोप्न र गोड्नमा बेश्त भएका छन् ।

Both comments and pings are currently closed.

Comments are closed.