सन्धुलीको महाभारत क्षेत्रमा धान रोपार्इं सुरु ।।

सिन्धुलीको महाभारत क्षेत्रमा धान रोपाँई सुरु भएको छ । असार लागेसंगै त्यस क्षेत्रका किसानहरुलाई रोपार्इंको चटारो परेको छ । महाभारत क्षेत्रमा जेठको अन्तिम हप्तादेखि असारको दोस्रो तेस्रो हप्तासम्ममा अधिकांश क्षेत्रहरुमा रापाई सकिने गर्छ । बेंसीमा भने असारको दोस्रो तेस्रो हप्तादेखि रोपाईं सुरु हुने गर्दछ । यसैबीच धानको ब्याड राखेको २०-२१ दिन भएपछि धानको बेर्ना सार्न जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको किसानहरुलाई सुझाव दिइएको छ । छिप्पिएको धानको बेर्नाबाट उत्पादन राम्रो नहुने भएकोले कार्यालयले यस्तो सुझाव दिएको हो ।

Both comments and pings are currently closed.

Comments are closed.