बर्षायाम संगै झाडापखालाको बिरामीको संख्या बढ्दो ।।

असार ११ गते बुधबार
बर्षा मौषम सुरुवात संगै रामेछापमा झाडापखालाको बिरामी दिन प्रति दिन बढ्दै क्रममा रहेको छ । बर्षा याममा नायाँ मुलमको पानी , दुशित पानी पिउने र खानामा बासी तथा सडेगलेको  खाना खानाले यस्तो रोग फैलीएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा मेडिकल अधिकृत सरोज कडेलले बताउनु भयो । यो मौषममा जिल्ला स्वास्थ्य अस्पतालमा पनि झाडापखालाको बिरामी संख्या बढ्दो रहेको पनि उहाँले भयो । साथै झाडापखाला बाट बच्नकालागी पानी उमालेर ,फिल्टर गरेर मात्र पिउन र खानपानमा बिशेष ध्यान दिन पनि आग्रह गरेको छ ।

Both comments and pings are currently closed.

Comments are closed.