तातोपानीमा नमूना गाईपालन । ।

हजुरको रेडियो रामेछाप

आर्थिक लगानी र रोजगारीको अभावमा सिन्धुपाल्चोकका युवापुस्ता धमाधम वैदेशिक रोजगारीमा गईरहेको बेला नेपाल–चीन सीमा क्षत्र अ10487362_652576591498706_1011885816189075118_nर्थात व्यापारिक नाका तातोपानीमा करोडौँ रुपैयाँ खर्चेर युवाहरुले सामुहिक गाईपालन शुरु गरेका छन् ।आयात–निर्यात संलग्न ब्यापारी युवा र आमा समूहका सदस्यले सहकारी मार्फत् करोडौं लगानी गरेका हुन् । उनीहरुले लार्चा फुमाचे कृषि सहकारी संस्था अन्तर्गत २५ जनाको समूह मिलेर नमूना गाई फर्म शुरु गरेपछि अहिले यस भेगको चिया पसल र चोकहरुमा उनीहरुले गरेको नमूना गाईपालनको चर्चा समेत हुने गरेको छ । गत वैशाखबाट शुरु गरिएको गाईपालनबाट दैनिक ८५ लिटर दूध संकलन हुने गरेको छ । भविष्यमा कृषि तथा पशुपालन व्यवसायलाई व्यवसायिक रुपमा अघि बढाउने उदेश्य अनुरुप गाइपालन शुरु गरिएको बताइएको छ भने गाई फर्ममा अहिले १५ भन्दा बढी गाई राखिएका छन् ।चीनसंग हुदै आएको आयात निर्यात व्यापारमा संलग्न युवासमेत गाईपालमा आकर्षित हुन थालेपछि गाईपालन व्यवसाय उदाहरणीय भएको छ । प्रत्येक गाईले ६ लिटर बढी दूध दिने गरेको छ । सीमा क्षेत्रमा दुध, दही र तरकारी आपूर्ती सहज बनाउने उदेश्यले हाल झण्डै एक करोड लगानी गरिसकिएको छ । ‘आवश्यकता अनुसार लगानी बढाउदै लैजाने योजनामा छौं’, सहकारीका उपाध्यक्ष दिपक श्रेष्ठले भने । ‘भोटेकोसी किनारमा बनाईएको व्यवस्थित फर्मलाई अझ विस्तार गरी गाई र भैंसी थप गरिने योजना रहेको श्रेष्ठले जानकारी दिए । उनीहरुले प्रतिलिटर ५० रुपैयाका दरमा दूध विक्री गर्ने गरेका छन् । ‘हामीले ५ सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहितको योजना बनाएका छौं’, उनले भने, ‘तत्काल गाई ३२ र भैंसी १० वटा राख्ने योजना छ ।’ गाईका लागि घास खेती सुरु गरिएको छ भने उत्पादित मलको सदूपयोगका लागि गोवर ग्यास प्लान्टको निर्माण गरिएको उनले जानकारी दिए । मलको थप सदूपयोगका लागि तरकारी खेतिको योजना अघि सारिएको सहकारीकी कोषाध्यक्ष अनीता श्रेष्ठले बताईन् । ‘यसबाट व्यवसाय अघि बढाउन सहज हुने अपेक्षा राखेका छौं, उनले भनिन् । यहा“ उत्पादित तरकारी खासामा समेत आपूर्ति गर्न सकिने भएकाले उनीहरु उत्साहित भएका छन् । पछिल्लो समय जिल्लाका केही युवापुस्ताहरु व्यवसायिक माछापालन, गाईपालन, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, तरकारी खेती, अरग्यानिक तरकारी खेती, चिया, कफी, अमृसो, अलैँची, चिराइतो लगायत अन्य खेतीमा आकर्षित हुँदै गइरेहेका छन् भने पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले केही युवाहरु भने पर्यटनलाई लक्षित गरी सुविधा सम्पन्न होटल–लज, होमस्टे सञ्चालन र रिसोर्टहरु खोलेर आम्दानी गर्न लालायित बन्दै गईरहेका छन् ।त्यसो त सिन्धुपाल्चोक कृषि, पर्यटन र व्यापारका लागि अथाह सम्भावना बोकेको जिल्ला मानिन्छ । यहाँका यवापुस्ता वैदेशिक रोजगारीमा नजाने अनि यहीँ बसेर आधुनिक र व्यवसायिक कृषि प्रणालीमा जोड दिने हो भने सम्बृद्ध सिन्धुपाल्चोकको परिकल्पना साकार हुने र कृषिका लागि देशकै नमूना जिल्ला बन्ने धेरैले अड्कल काटेका छन् ।

Both comments and pings are currently closed.

Comments are closed.