एक दिने आखा शिविर सम्पन्न ।।

असार १५

10483280_781101008576970_2131142340785644249_nरामेछापको तिल्पुङ गाविसमा हिजो एक दिने आँखा, दाँत तथा अन्य रोगको शिविर सम्पन्न भएको छ । तामाकोशी युवा क्लब गेलु–७ र पौरखी युवा कृषि सहकारी संस्था लिमिटेड मन्थलीको आयोजना तथा तामाकोशी सेवा समिति, वाइ। एस।पी नेपाल मन्थली, आर। ए। एन। नेपाल र सामुदायिक आँखा केन्द्र मन्थलीको सहयोगमा शिविर संचालन भएको हो । शिविरमा ९९ जना आँखा ५५ जना दाँत तथा १८० जना अन्य गरि २८१ जना विरामीहरुले स्वास्थ्य जाँच तथा उपचार गराएका छन् । विरामीहरुलाई तामाकोशी सहकारी अस्पतालका डा। सुमन कर्माचार्य, सपना अधिकारी, बासुदेब अधिकारी र देबकी श्रेष्ठले स्वास्थ्य परिक्षण तथा उपचार गर्नुभएको थियो । स्वास्थ्य परिक्षण गर्न रामेछाप जिल्लाको गेलु, तिल्पुङ, खिम्ती,कठजोर लगायतका गाविसका नागरिक आएका सुन्दर घिमिरेले जानकारी दिनुभएको छ ।

Both comments and pings are currently closed.

Comments are closed.