४९ बर्षिय महिला कक्षा १ मा भर्न भईन् ।।

साउन २८ बुधबार
देशभरी पढाइको अवस्था खस्किरहेको बेला रामेछापको सैपु गाविस बडा नं। ४ की ४९ बर्षिय राधिका पौडेलले पढ्ने मनसय बनाएर गाउँमै रहेको श्री अरुणोदय माध्यामिक विद्यालयमा कक्षा एकमा भर्न भएकी छिन् । उनका श्रीमान उद्धबप्रसाद पौडेलका अनुसार “साधारण लेखपढ नहुदाँ सामन्य किसिमका घरयासी हिसाबकिताब र चलन चल्तीमा रहेको मोबाइल चलाउन समेत नजानेकाले शिक्षा लिन आबश्यक रहेको ठानी माथिल्लो कक्षा सम्म पढ्ने उद्देश्य राखी भर्न भएको” बताउनुभयो । विद्यालयका प्रधानध्यापक हितकुमार कार्कीले यसरी ४९ वर्षिया महिलाले कक्षा १ मा भर्न भएर मथिल्लो कक्षा सम्म पढ्ने उद्देश्य लिदाँ गाउँका अन्य बालबालिकामा पनि पढे मात्र केही गर्न सकिन्छ भन्ने पाठ सिकाएको बताउनु भएको छ ।

Both comments and pings are currently closed.

Comments are closed.