रामेछाप र आसपासको जिल्लामा घरबारीमा अर्गेली खेती ।

भाद्र १८
रामेछापको गुम्देल,बाम्ती,चुचुरे गा.वि.स. तथा सोलुखम्बु,दोलखा जिल्लाको अधिकंश स्थानको पाखाबारी तथा कतिपय घरबरीमा पहेलो लोक्त अर्गेली खेती सुरु गरेको छ ।नेपालमा एक मात्र खरिद कम्पनी कन्पोउ नेपालले जापानिज प्रविधिको स्टिम अर्गेली सेतो बोक्रा उत्पादन गरि जापन निकास गरे पछि यसको माग अत्यधिक भएको हो । एक चोटी लगाएर पछि धेरै बर्ष सम्म उत्पादन लिन सकिने र अन्य कुनै वन्य जान्तु तथा जीव जानावरले नोक्सन नगर्ने भएकाले प्राय जसो पहाडी क्षेत्रमा यसको खेती गरिन्छ । करिब पाच फिट उचाइको अर्गेलीको बोटै काटि स्टिम गरी बनाउने उक्त प्रविधिको सेतो बोक्रा स्टिम अर्गेली गुणस्तरको आधारमा यसको खरिद कम्पनी कन्पोउ नेपालको प्रबन्ध निर्देशक गोपाल श्रेष्ठले प्रति के.जी. रु ३२० देखि ४२० सम्म दिने जनाएको छ ।यस बाट गुणस्तरका आधारमा ए श्रेणीको डलर छाप्ने,बी श्रेणीको अफिसियल लागि चहिने फायल बनाउने र सी श्रेणीको कापी,टिसर्ट,झोला इत्यदि बनाउने भएकाले यस अर्गेलीको माग अत्यधिक हुन थालेको छ ।

Both comments and pings are currently closed.

Comments are closed.