प्रेस चौतारीद्वारा प्रजिअ मार्फत् सरकार र सदनलाई ध्यानाकर्षण ।

भदौ २०
श्रमजीवी पत्रकारहरुको आह्वान, पूर्ण प्रेस स्वतन्त्रता सहितको नयाँ संविधान भन्ने नाराका साथ संविधानसभा मार्फत् प्रेसमैत्री नयाँ संविधान निर्धारित समयमा नै जारी गर्न माग राख्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा रामेछापले आज प्रमुख जिल्ला अधिकारीमार्फत् सरकार र संविधान सभामा ध्यानाकर्षण पत्र बुझाएको छ । २०७१ माघ ८ गतिभित्र नयाँ संविधान जारी गर्ने दलहरुको सहमति भएपनि पछिल्ला समयमा देखिएका घटनाक्रमले विवाद समाधान नहुने आशंका देखिएकाले राजनीतिक दल, सरकार र संविधान सभाको ध्यानाकर्षण गर्नु परेको चौतारी रामेछापले जनाएको छ । दलहरुले पारित गरेको कार्यतालिका अनुसार भदौ २१ गते भित्रमै विवादित विषय टुङ्ग्याउने माग गर्दै चौतारीले संविधानसभालाई पुनः अनिर्णयको बन्दी नबनाउन अपिल समेत गरेको छ । ध्यानाकर्षण पत्रमा फेरि पनि संविधानसभाको कार्यतालिका संशोधन गर्ने हो भने नागरिकमा निरासा उत्पन हुने उल्लेख गर्दै सहमतिको विकल्पमा मतदान प्रक्रियामा गएर पनि विवादित विषय टुङ्ग्याउन प्रेस चौतारीले माग गरेको छ । प्रेस चौतारी नेपालको केन्द्रीय कार्यक्रम अनुसार आज देशभरि नै प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । प्रेस चौतारी रामेछापका अध्यक्ष विफा घिसिङले प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीलाइ ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको हो । ध्यानाकर्षण पत्र बुझ्दै रामेछापका प्रमुख जिल्ला अधिकारी शम्भूप्रसाद मरासिनीले संविधान निर्माण सबै नेपालीको सरोकारको विषय भएकाले आफूले यो पत्र यथासमयमै सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ध्यानाकर्षण पत्र बुझाउन प्रेस चौतारी बागमती अञ्चल सचिव सौजन्यप्रसाद सत्याल, चौतारी रामेछापका अध्यक्ष यूनिक बिफा घिसिङ लगायतका पदाधिकारी र सदस्य सम्मिलित टोली गएको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.