निजामति सेवा दिवश सम्पन्न ।।

भाद्र २२
निजामति सेवाको मान्यता अनुसासन ईमान्दारी र नैतिकता भन्ने मुल नाराका साथ रामेछाप सदरमुकाम मन्थलीमा निजामति सेवा दिवश मनाईएको छ । जिनामती सेवा दिवश २०७१ जिल्ला मुल समारोह समिती रामेछापको आजोजनामा कार्यक्रम सम्पन्न भएको हो  । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद मरासिनी को प्रमुख आतिथ्यता तथा जिल्ला शिक्षा कार्यलयका प्रमुख युवराज पैडेलको अध्यक्षता रहेको थियो  । हिजो बाट मनाईएको कार्यक्रममा हिजो बुद्धिचाल चेस प्रतियोगीता भएको थियो भने आज सदरमुकामको कटरबोट बाट बिपि चोक सम्म र्याली प्रदशन गरीएको थियो । र्याली पछि कार्यक्रममा लामो समयसम्म निजामति कार्यलयमा कार्यरत १५ जना कर्मचारीलाई प्रमणप्रत्र बितरण गरेको थियो । दिवशकै अवसरमा कार्यलयका कर्मचारीहरुलाई ४ समुहमा बिभाजन गरी हाजीरी जवाफ प्रतियोगीता पनि सम्पन्न गरेको छ । प्रतियोगीतामा प्रथम हुनेलाई नगद १२ सय र प्रमाण प्रत्र गरीएको थियो भने द्धितिय र तृतियलाई ८ सय र ५ सय नदग र प्रमाण प्रत्र प्रदान गरेको थियो । कार्यक्रममा कार्यलयमा कर्मचारी , सुरक्षाकर्मि प्रत्रकारहरुको सहभागीता रहेको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.