अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

भाद्र २३
सुरक्षित आप्रवासन परियोजना(सामी) र सामुदायिक जनशक्ति विकास कार्यक्रम ओख्रेनी–६, गोल्माटारको साझेदारीतामा संञ्चालित स्कुल तथा आमसंञ्चार कार्यक्रम अन्र्तगत आज बिहान मन्थली उच्च माध्यमिक विद्यालय का कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा एकदिने सुरक्षित बैदेशिक रोजगार सम्वन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रामेछाप जिल्लाबाट कामको शिलशिलामा विदेशिने युवाहरुको बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र उपलब्धिमुलक बनाउनका लागि विद्यार्थीहरुको भुमिका के हुन्छ ? साथै संम्भावित् आप्रवासी कामदारलाई कुन् कुन् कुराहरुको अग्रिम सुचना दिन सकिन्छ?  भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो । मन्थली उ.मा.वि को हलमा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा ११ र १२ का ७६ जना  विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम अधिकृत सागर विक्रम बस्नेत, सुचना तथा परामर्स केन्द्रकी परामर्सकर्ता श्रृजना बस्नेत र संस्थाका लेखा ब्यवस्थापक रंञ्जित दर्लाामीले गर्नुभएको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.