बन्ने भो रामेछाप जोडने खैरेनीघाट पुल ।

भाद्र २३
समचार प्रभाव रामेछाप,पुल नबन्दा ३० किलो मिटर सडकमा एक हजार रुपैयाँसम्म भाडा निर्त स्थानीयबासी बाध्य छन् ।प्राविधिक कारणले स्थागित भएको सिन्धुली र रामेछाप जोडने सुनकोसी खैरनीघाट पुल नयाँ डिजाइन अन्र्तगत दुई बर्षमा बन्ने भएको छ । सडक विभाग कार्यालय अन्र्तगत पुल आयोजना महाशाखा सोही ठाउँमा नयाँ डिजाइनमा पुल निर्माण गर्न स्वीकृति दिएपछि दुई बर्षभित्रमा पुल निर्माण हुने निश्चित् भएको हो । चार बर्ष अघि हचुवाकै भरमा पुल आयोजनाले संचालन गर्नको लागि स्वीकृति दिएपछि रामेछापलाई सिधै राजधानीसँग जोडने खैरेनीघाट ९ट्रस व्रिज० पुल निर्माणको कार्य अबरुद्ध हुँदै आएको थियो ।पुल निर्माणको क्रममा बीचको पिल्लरमा ठूलठूला ढुङगा भेटिएपछि पुल निर्माण कार्य रोकिएको थियो । पुलको डिजाइन गर्ने कन्सल्टेन्सी कन्सल्ट प्रालिले हाइेटोटेक्नीकट डिजाइन राम्रोसँग नगर्दा पुल निर्माण कार्यमा कठिनाई भएको कारण पुल निर्माणको काम रोकिन पुगेको थियो । सुनकोसी नदी मध्येकै छोटो दुरी मानिएको ६६ मिटरको पुल निर्माण गर्नको लागि सडक डिभिजन कार्यलय चरिकोटले करिब ८ करोड रुपैयाँमा कन्काई लामा खम्पाचे जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।पुल निर्माणको लागि अहिलेसम्म करिब २० लाख रुपैयाँ खर्च भइसकेको बताउँदै ठेकदार कम्पनी कन्काई लामा खम्पाचे कम्पनीका आडदावा शेर्पाले आगामी २ बर्षभित्र निर्माण कार्य सम्पन्न गरी सक्ने बताउँनुभयो । ‘अब पुलको डिजाईन परिवर्तन भएको छ, हामीले एकातिरको पिल्लर बनाइसकेका छौ, मुख्य भनेको बीचको पिल्लर हो, एक बर्षमा बीचका बनाइसक्दछौ, अर्को बर्ष गाडी गुडाउछौ ।’

Both comments and pings are currently closed.

Comments are closed.