मानव बेचविखन विरुद्धको दिवसको अवसरमा अन्तरक्रिया

भाद्र २४
आठौ मानव बेच विखन विरुद्धको दिवसको अवसरमा मंगलबार महिला तथा बालबालिका कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रमको आयोजन गर्‍यो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्षता तथा स्थानीय विकास अधिकारी टेकराज निरौलाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस रामेछापका उपसभापति झपडराज भण्डारी, नेकपा एमालेका उपाध्यक्ष प्रेम तामङ, एनेकपा माओवादीका तारानारायण श्रेष्ठ, नेकपा माओवादीका इन्द्र श्रेष्ठ, गैसस महासंघ रामेछापका अध्यक्ष विरेन्द्र श्रेष्ठ, रामेछाप बारका अध्यक्ष बाबुकाजि दाहाल लगायतले मानव वेचविखनको समस्या र समाधानको लागि गर्न सकिने प्रयत्नको बारेमा बोल्नु भएको थियो । बक्ताहरुले समस्या समाधानको लागि सचेतना कार्यक्रमको साथै कानुनको कडा कार्यान्वयन हुनु पर्नेमा जोड दिएको थिए ।

Both comments and pings are currently closed.

Comments are closed.