भित्रिदो दशैसंगै स्थानिय बजारमा खसिबोकाको ब्यापार बढ्यो ।।

भाद्र २६
नेपालीहरुको महान पर्व बडा दशै नजिकीदै गर्दा रामेछापमा लाग्ने साताहिक हाटबजारमा खसी बोकाको ब्यापार बढ्न थालेको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा लाग्ने बिहिबारे साप्ताहिक हाटमा स्थानीय स्थरमा उत्पादित बस्तुत बिक्रिहुने सो हाटमा सोह्र शद्धा लागेसंगै खसिबोकाको ब्यपार बढि हुने गरेको स्थानीय ब्यापारी धनमान मगरले बताउनु भयो । बजारमा जताततै हेर्ने हो भने बढि मात्रामा खसिबोका बिक्रि बितरण भैरहेको देखिन्छ । प्रतेक साताको बिहिबार लाग्ने साप्ताहिक हाटमा ३५ सय देखि १६ हजार सम्मको खसिबोका पाउने गरेको ब्यापारी मगर बताउनु भयो । भित्रिदो दशैसंगै खसिबोकाको मुल्यमा पनि बृद्धि भएको स्थानीयहरुले भनाई रहेको छ ।

Both comments and pings are currently closed.

Comments are closed.