गाविस सचिव तथा राजनैतिक दलको अभिमुखीकरण सम्पन्न

भाद्र २७
स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना जिल्ला परियोजना सहयोग इकाई रामेछापले बुधवार मन्थलीमा गाविसका सचिवहरु तथा जिल्लामा क्रियाशिल राजनैतिक दलसँग परियोजनाको अभिमुखीकरण सम्पन्न गरेको छ ।  असल शासन क्लब जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष दीपक भट्टको अध्यक्षतामा सम्पन्न दुवै अभिमुखीकरण कार्यक्रमको क्रममा परियोजनाको लक्ष्य, उद्देश्य तथा जिल्ला एवं गाविसहरुमा परियोजनाले परियोजना अवधिभर संचालन गर्ने विभिन्न क्रियाकलापहरुको विषयहरुमा परियोजना सहयोग एकाई काठमाण्डौका योजना तथा अनुगमन अधिकृत सतिशचन्द्र गुरुङ र जिल्ला संयोजक उमङ्ग मैनालीले जानकारी गराउनु भएको थियो ।  सामाजिक वञ्चितिकरणमा परेका समूहहरूको स्थानीय शासन प्रक्रियामा संलग्नता वृद्धि गरी मागमा आधारित स्थानीय शासन प्रकृया सुदृढीकरण गर्ने उद्देश्यले परियोजनाले गत चैत्रबाट आफ्ना कार्यक्रमहरु सुरु गरेको छ । असल शासन क्लव जिल्ला समन्वय समितिद्धारा कार्यान्वयनमा ल्याइएको परियोजनाले यस आ।व मा जिल्लाका ३६ गाविसहरुमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको कार्यक्रमलाई परिपूरण गर्ने लगाएतका माग पक्षलाई केन्द्रीत गरी विभिन्न गतिविधिहरु संचालन गरिरहेको छ । जिल्लाका  ६ वटै राजनैतिक दलका प्रतिनिधिहरुका साथै स्थानीय शासन विज्ञ रामहरि देवकोटा, गाविस सचिव हकहित केन्द्रका अध्यक्ष लक्ष्मण भुजेल, परियोजना सहयोग इकाई काठमाण्डौका प्रशासन अधिकृत कृष्ण खुलाल समेतको सहभागीता रहेको अभिमुखीकरणको जिल्ला परियोजना सहयोग इकाईका फिल्ड सुशासन अधिकृत कल्पना तामाङ्ग र कमल बसेलले सहजीकरण गर्नु भएको थियो

Both comments and pings are currently closed.

Comments are closed.