भारती उमावि मेगर्पा भदौरे रामेछापको अभिभावक भेला सम्पन्न

भाद्र २८
भारती उमावि मेगर्पा भदौरे रामेछापको अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पे्रमबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि लगायतको विषयमा ७२ बँुदे कार्ययोजना तयार पारिएको थियो । यसैगरी पञ्चवर्षिय विद्यालय सुधार, योजना निर्माण, सामाजिक परिक्षण समिति गठन र एसएलसी नतिजा सुधार तथा पठनपाठन सुधार सम्बन्धमा समेत कार्यक्रममा छलफल भएको विद्यालयका प्रअ रामबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

Both comments and pings are currently closed.

Comments are closed.