आज बालदिवस, विभिन्न कार्यक्रम गरी मनाईयो ।।

भाद्र २९
बालबालिकको कुरा सुनौ ,बाल दुर्ब्यवहार अन्त्य गरौ  भन्ने नाराको साथ जिल्ला बाल कल्याण समिती रामेछापको आयोजनामा राष्ट्रिय बाल दिवस मनाइयो ।कार्यक्रम देबकोटाचोक बाट र्यालीको आयोजना गरीएको थियो । र्यालीमा विद्यालयका शिक्षक, विद्यार्थी ,जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधि,पत्रकार ,नागरीक समाज लगाएतको सहभागिता रहेको थियो । र्याली देवकोटा चोक वाट सुरु भई जिविस हलमा गई समापन भएको थियो । र्यालीमा सहभागी हरुले वालवालिका को कुरासुनौ वालदुव्र्यवहार अन्त्य गरौ भन्ने जस्ता प्लेकार्ड वोकेका थिए । जिल्ला बाल कल्याण समितीका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीको प्रमुख आथ्तियतामा सन्चालन गरिएको कार्यक्रममा राजनीति दलका प्रतिनिधि ,बुद्धीजिबी ,गै स स का प्रमुख ,पत्रकार लगायतको उपस्थितीमा भएको थियो । कार्यक्रममा शनिबार गरिएको बिभिन्न प्रतियोगितामा प्रथम,द्धितिय ,तृतिय भएकालाई प्रमुख जिल्ला अधिकारी शम्भु प्रशाद मरासिनीले पुरस्कार बितरण गर्नु भएको थियो । यसैगरी एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । साथै सास्कृतिक कार्यक्रम गरिएको थियो । यसैबिच  २४ औ अन्तराष्ट्रिय बाल दिवश अबसरमा रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा पनि बिभिन्न कार्यक्रम गरी मनाईएको छ । गाँउ बालसंरक्षण समिति रामेछापको आयोजनामा पुरानो सदरमुकामको श्री बाल मन्दिर प्रबिको प्रङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाल अधिकार सम्बन्धि बिभिन्न नारा लेखिएको प्ले कार्ड सहिलको र्याली रामेछापको लोकसम्बत चौतारीबाट रामेछप बजार परिक्रमा गरी तल्लो बजारको श्री बालमन्दिर प्रबिमा पुगी कार्यक्रममा परिणत भएको थिया । सो कार्यक्रमा बालमन्दिर प्रबिका अध्यक्ष धन बाहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला शिक्षा कार्यलयका स्रोत ब्यक्ति चन्दा खाड्काको प्रमुख आत्थ्यिता रहेको थियो । कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि , बिभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधि , सुरक्षा निकायका प्रतिनिधि , बिभिन्न ६ ओटा बिद्यालयका शिक्षक तथा बिध्यार्थीहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा गौरीशंकर उमाबि रामेछाप , शारदा संस्कृत उमाबि बाबियाखर्क,भंगेरी माबि भंगेरी , भिमेश्वर निमाबि ल्याङ्ल्याङ , शम प्रबि डुर्मिखर्क र बालमन्दिर प्रबि रामेछापका बिध्यार्थीहरुले र्याली संगै बाल अधिकार सम्बिन्धि सन्देशमुलम गित , नृत्य , नाटक जस्ता सांस्कृतीक कार्यक्रम पनि प्रस्तुत गरेका थिय ।

Both comments and pings are currently closed.

Comments are closed.