सामीको स्कुल तथा आमसंञ्चार कार्यक्रम अन्र्तगत आज रस्नालु अभिमुखिकरण सम्पन्न ।

भाद्र ३०
सुरक्षित आप्रवासन परियोजना(सामी) र सामुदायिक जनशक्ति विकास कार्यक्रम ओख्रेनी–६, गोल्माटारको साझेदारीतामा संञ्चालित स्कुल तथा आमसंञ्चार कार्यक्रम अन्र्तगत आज रामेछाप जिल्लाको रस्नालु गा.वि.समा रहेको गोकुलगंगा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीहरुको सहभागितामा एकदिने सुरक्षित बैदेशिक रोजगार सम्वन्धि  अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । छुट्टा छुट्टै कक्षामा संञ्चालित उक्त कार्यक्रममा जिल्लाबाट कामको शिलशिलामा विदेशिने युवाहरुको बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र उपलब्धिमुलक बनाउनका लागि विद्यार्थीहरुको भुमिका के हुन्छ ? साथै संम्भावित् आप्रवासी कामदारलाई विदेशिनु पूर्व नै कुन् कुन् सुचना दिन सकिन्छ? भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो । विद्यालयकोे हलमा सम्पन्न भएको उक्त कार्यक्रममा कक्षा ८ का ६८ जना कक्षा ९ का १०३ जना, कक्षा १० का ९४ जना  र दश जोड २ का १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका कार्यक्रम अधिकृत सागर विक्रम बस्नेत, लेखा अधिकृत रञ्जित दर्लामी र रिटर्नी भोलेन्टिएर शेखर बहादुर सुनुवारले गर्नुभएको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.