राष्ट्रिय लिग फुटबल आजदेखि ।।

 माघ ७

 राष्ट्रिय लिग फुटबल प्रतियोगितामा बुधबार देखि सुरु हुँदैछ । होम एण्ड अवे प्रणालीको आधारमा हुने प्रतियोगिताको पहिलो खेलमा बुधबार मनाङ मस्र्याङ्दी र सुदुरपश्चिमाञ्चल टीम कैलाली भिड्नेछन्  । खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । प्रतियोगितामा ५ वटा ए डिभिजन क्लव र जिल्लाका ४ वटा गरी ९ टिम सहभागि हुँदैछन् । प्रतियोगितामा मनाङ मस्र्याङदी, थ्री स्टार, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपिएफ र त्रिभुवन आर्मीका साथै झापा ११, मोरङ फुटबल क्लव, लुम्बिनी फुटबल क्लव बुटवल र सुदुरपश्चिमाञ्चल फुटबल क्लव कैलाली सहभागि हुनेछन् । प्रतियोगिताको विजेताले १ करोड रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५० लाख र तेश्रो हुनेले २५ लाख रुपैयाँ पाउनेछन् ।

Both comments and pings are currently closed.

Comments are closed.