डिभिजन टू क्रिकेट : नेपालद्वार केन्यालाई १ सय ९५ रनको लक्ष्य ।।

माघ ९

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा नेपालले जितका लागि केन्यालाई १ सय ९५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरको नेपालले ४९ दशमलव ५ ओभरमा सबै १० विकेट गुमाएर १ सय ९४ रन बनायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले नट आउट ९१ रन बनाए । १ सय १६ बल खेलेका उनले ७ चौका हानेका थिए । यस्तै कप्तान पारस खड्काले २०, शरद भेषावकरले १८ तथा विनोद भण्डारीले १६ रन बनाए । नेपालले केन्याविरुद्वको खेलमा जित हासिल गरे डिभिजन १ मा सजिलै उक्लने छ भने नेपाली क्रिकेटमा नयाँ इतिहास समेत रच्नेछ । यसअघि ४ खेल खेलेको नेपालले तीन खेलमा जित तथा एकमा हार बेहोरेको छ । पहिलो खेल युगान्डासँग दुई रनले पराजित भएको नेपाल दोस्रो खेलमा चार पटक विश्वकप खेलिसकेको नेदरल्यन्ड्सलाई २ विकेटले हराउँदै नेपाली क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धिसमेत हासिल गर्‍यो । त्यस्तै, नेपालले तेस्रो खेलमा क्यानाडालाई ७ विकेट र चौथो खेल आयोजक नामिबियालाई ३ विकेटले हरायो । प्रतियोगितामा ६ अङ्क बटुलेको आयोजक नामिबिया रनरेटको आधारमा शीर्ष स्थानमा छ भने समान अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ । त्यस्तै, प्रतियोगितामा समान ४/४ अङ्क जोडेका क्यानडा तेस्रो र नेदरल्यान्ड्स चौथो स्थानमा छन् भने केन्या र युगान्डा समान २/२ अङ्कका साथ रेलिगेसन जोनमा छन् ।

Both comments and pings are currently closed.

Comments are closed.