पारस खड्का र भारतीय क्रिकेटर युवराज सिंह एउटै टिममा।।

माघ १६

आउँदो चैत ६ गते दुबईमा हुन लागेको इमिरेट्स ट्वेन्टी–ट्वेन्टी प्रतियोगितामा नेपाली क्रिकेट कप्तान पारस खड्कासँगै भारतका युवराज सिंहले पनि खेल्ने भएका छन् । पारस खड्कालाई टिममा राखेको इंग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लव एमसिसीले भारतीय ब्याट्सम्यान युवराज सिंहलाई पनि टिममा थपेको छ । पारसलाई पनि टिममा राखिएको र टिमको कप्तानी इंग्ल्याण्डका पूर्व कप्तान एलिस्टर कुकले गर्ने घोषणा एमसिसीले गएको हप्ता नै गरिसकेको थियो । एमसिसीको टिममा परेपछि पारसले खुसी व्यक्त गरेका थिए । यस्तै मिचेल काबेरी र निक कम्पटोनलाई पनि एमसिसीले आफ्नो टिममा राखेको छ ।एमसिसीका साथै यो प्रतियोगितामा इंग्ल्याण्डकै लंकासायर, योर्कसायर र ससेक्सको सहभागिता रहने छ । एक दिने यो प्रतियोगितामा एमसिसीले ससेक्सविरुद्ध दोश्रो सेमिफाइनल खेल खेल्ने छ । पहिलो सेमिफाइनल भने लंकासायर र योर्कसायरबीच हुने छ । सेमिफाइनल विजेताबीच चैत ६ गते नै फाइनल खेल हुने छ ।

Both comments and pings are currently closed.

Comments are closed.