भलिबलका सेमिफाईनलका खेलहरु शुरु –हिरक महोत्सब ।।

फागुन १०,रामेछाप
हिमगंगा उच्च माध्यमिक विद्यालय साघुटारको हिरक महोत्सब कै अबसरमा आज रनिङशिल्ड खुला भलिबल प्रतियोगिताको सेमिफाईनलका खेलहरु शुरुवात भएको छ । सहभागी भलिबल प्रतियोगिताका टिमहरु मध्ये पोल ए वाट साघुटार थाक्ले बेशी युवा क्लव साघुटार ए ले गतवर्षको विजेता टारकेरावारी गाविसलाई २१–२५, २५–१२, २५–१३को सेटमा हराउदै सेमिफाईनलमा प्रबेश गरेका छन् । त्यस्तै पोल बी वाट शैपु गाविसले यसम गाविसलाई २५–१४, २०–२५, २५–२० को सेटमा हराउदै सेमिफाईनलमा प्रबेश गरेका छन् । अब सेमिफाईनलका खेलहरुमा पहिलो खेल पोल बी को बिजेता शैपु गाविस भर्सेस टारकेराबारी र दोश्रो खेल पोल ए का विजेता साघुटार थाक्ले बेशी युवा क्लव साघुटार ए भर्सेस यसम गाविस बीच हुनेछ । भलिबल प्रतियोगीताको मुख्य एम्पायर नेपाल भलिबल संघका केन्द्रिय एम्पायर अशोक काजी थापा र सहायक एम्पायरमा बरुणजंग ठकुरी रहेका छन् ।

Both comments and pings are currently closed.

Comments are closed.