चण्डेश्वरी रनिङकल महिला भलिबल प्रतियोगीता हुने ।।

फागुन १७ , रामेछाप
चण्डेश्वरी युवा क्लव रामेछाप काठमाण्डौ सम्पर्क समितीको आयोजनामा रामेछापको रस्नालु गाबिसमा आगामी बैशाख १५ गते देखी चण्डेश्वरी रनिङकल महिला भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ । बैशाख १८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय र सान्तोना हुने समुहलाई क्रमस ५१ हजार ५ सय , २५ हजार ५ सय ,१५ हजार ५ सय र ८ हजार ५ सयका साथै कप मेडल , प्रमाणपत्र बितरण गरिने आयोजकले जानाएको छ । बिगत ३ बर्ष देखि सञ्चालन हुदै आएको प्रतियोगीतामा गएको दुबै बर्ष न्यु डाईमण्ड एकेडेमी काठमाण्डौले उपाधि हात पारेको थियो । प्रतियोगीतामा रामेछाप जिल्लाका बिभिनन गाबिस र छिमेकी जिल्लाहरुको सहभागीता रहने आयोजक संस्थाका अध्यक्ष तथा खेल सम्योजक जगत बहादुर सुनुवारले जानकारी दिनु भयो । प्रतियोगीताको लागी ब्रिटिशआर्मीका भुपु क्याप्टेन जय प्रकाश सुनुवारले ६० हजार रुपौया अफगानस्थानबाट सहयोग गर्नुभएको छ । स्थानिय महिलाहरुको खेलक्षेत्रमा बिकाश होस भन्ने उद्देश्यले चण्डेश्वरी युवा क्लव रामेछाप काठमाण्डौ सम्पर्क समितीले २०६९ साल देखि खुल्ला महिला भलीबल प्रतियोगीता गराउदै आएको छ ।

Both comments and pings are currently closed.

Comments are closed.