मजदुर र सिंगटीवासीको हड्तालका कारण माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम ठप्प ।।

चैत्र ३,दोलखा
शेयर वितरण प्रक्रिया थालनीपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मजदुर र सिंगटीवासीको हड्तालका कारण पाँच दिनदेखि आयोजनाको काम ठप्प रहेको छ ।४ सय ५६ मेगावाट क्षमताको आयोजनामा कार्यरत मजदुरहरुले ५ सय कित्ता र सिंगटीबासीले विशेष शेयरको माग दावी गर्दै शुुक्रबारदेखि काम बन्द गरी हड्तालमा उत्रिएका छन् ।सबै पक्षले जस्तै शेयर पाउनुपर्ने मागसहित नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियनले आयोजनाको काम ५ दिनदेखि ठप्प पारेका हुन् ।हड्तालमा गोंगरस्थित भूमिगत पावर हाउसमा काम गर्ने सिनो हाइड्रो ब्युरो ६ का २ सय ५० जना सामेल छन् ।त्यस्तै, लामाबगरस्थित पेनस्टक, ड्याम र सुरुङ मार्गमा काम गर्ने सिनो हाइड्रो ब्युरो ११ मा कार्यरत करिब ६ सय मजदुर काम छाडेर हड्तालमा छन् ।उनीहरूले आयोजना र आयोजनाका सामान बोकेका ढुवानीका साधन चल्न दिएका छैनन् ।

Both comments and pings are currently closed.

Comments are closed.