रामेछापको मभुवामा जथाभावि मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीय महिलाहरुद्धारा ३ जना पुरुष कारबाहीमा ।।

चैत्र ३,रामेछाप
तपाई मादक पदार्थ सेवन गर्दै हुनुहुन्छ भने ख्याल गर्नहोस ,महिलाहरुको कारबाहीमा पर्नु होला । घटना रामेछापको मझुवा गाविसको हो । जथाभावि मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीय महिलाहरुले ३ जना पुरुषलाई कारबाही गरेका छन । ती पुरुषहरुले मझुवा–७ को रायगाउँ देखि खाँडादेवी मन्दिरसम्म बाटो सफाई गर्नु पर्ने सजाए पाएका छन । मझुवा गाविस ७ का फत्तबहादुर बोहोरा, अर्जुन बोहोरा र ध्रुर्व बोहोराले मदिरा सेवन गरी होहल्ला गरेपछि आमा समूहले मदिरा सेवन गरिरहेकै स्थानबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय चोप्राङमा बुझाएका थिए । त्यस पछि आज विहान विहान प्रहरी चौकिमा खाँडादेवी स्वास्थ्य आमा समुहकी अध्यक्ष संगिता तामाङको नेतृत्वमा गएको महिलाहरुको समुहले उनीहरुलाई कारबाही गर्नु पर्ने अडान राखेका थिए । प्रहरीमा महिलाहरु मात्र हैन गाउँका पुरुषहरु पनि जम्मा भएका थिए । भेलामा महिलाहरुले ५ हजार रुपैयाँसम्म जरिवाना वा सामाजिक कारबाही गर्ने निर्णय भएको छ । त्यस पछि उनीहरुलाई सामाजिक कारबाही स्वरुप रायगाउँदेखि खाँडादेवी मन्दीरसम्मको बाटो सफा गर्ने सजाय सुनाईएको छ । घरको काम पनि नगर्ने, रक्सि खाएर हल्ला गर्ने, अझ घरमा गएर श्रिमती र छोराछोरीलाई नै कुटपीट गर्ने त्यस्ता पुरुषलाई कारबाही नरेर भयो त ? अध्यक्ष संगिता तामाङले भन्नुभयो । पहिलो पटक भएकोले उनीहरुलाई थोरै सजाय भयो । अब हामी रक्सि खाने र रक्सि बनाउने दुवैलाई छाड्दैनौँ– उहाले प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । महिलाहरुको यो कार्यमा अन्य गाउँलेले पनि सहयोग गरेको स्थानीय शिक्षक मनोज बुढाथोकी ले बताउनु भयो । गाउँमा मदिरा सेवन गर्ने,तास खेलेर अल्मलिने कार्यबढ्दै गएको छ । यसले गाउँको बातारवणलाई नै खल्बल्याएको छ । महिलाको यो कार्यमा हामी पनि सकेसम्म सघाउँछौँ– बुढाथोकीले भन्नुभयो ।

Both comments and pings are currently closed.

Comments are closed.