पाँच दिने बाख्रा पालन तालिम गुम्देलमा सम्पन्न ।

चैत्र ६,रामेछाप
ग्रामिण इलाकाका कम आय भएका नागरिकहरुको आर्थिक वृद्धिदरलाई लक्षित गर्दै महिला विकास कार्यालय मन्थली, रामेछापले आयोजना गरेको पाँच दिने बाख्रा पालन तालिम रामेछापको उत्तरी गाविस गुम्देलमा सम्पन्न भएको छ । शिव पार्वती महिला विकास गुम्देल–४ का २० जना सदस्यहरुको सहभागिता रहेको उक्त तालिममा पशु चिकित्सक पदम जिरेलले प्रशिक्षण दिइएका थिए । तालिममा महिला विकास कार्यालय मन्थली रामेछापका कर्मचारी आशा सुनुवार र उषा कार्कीको पनि सहभागिता रहेको थियो । परम्परागत तरिकाले भन्दा आधुनिक तरिकाले बाख्रापालन गर्र्दा बढी आम्दानी हुने र आर्थिक वृद्धिदर बढी हुने हुँदा तालिम प्रभावकारी भएको तालिममा सहभागी शिव पार्वती महिला विकासकी सचिब उर्मिला कार्कीले बताइन

Both comments and pings are currently closed.

Comments are closed.