महिला बेचविखनको घटनाका आरोपितलाई पुर्पक्षका लागि थुनामा ।।

चैत्र ६,ओखलढुंगा
महिला बेचविखनको घटनाका आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतल ओखलढुंगाले आदेश दिएको छ । आरोपित च्यानम गाविस–५ की विष्णुमाया नेपाली र टारकेराबासी गाविसका रामजी भनिने धनबहादुर विकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । नेपाली र विकविरुद्ध च्यानम गाविसकी एक महिलालाई फकाएर विवाह गराई बेच्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले फागुन १३ गते मानव बेचविखन मुद्धा दर्ता गरेको थियो । नक्कली बेहुलो बनी विवाह गरेर लैजाने उक्त मुद्धाका मख्य आरोपित टारकेराबारी गाविसका बेदबहादुर विक भने फरार रहेका छन् । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयलमा झुक्याएर बेच्न खोज्ने दलाललाई कारवाही गर्न माग गर्दै दर्ता गरेको उजुरीपछि प्रहरीले आरोपिहरुलाई फागुन ८ गते उजुरी गरेकोमा ९ गते गिरफ्तार गरेको थियो । आरोपितहरुले माघ ८ गते राती १२ बजे नक्कली दुलहालाई जिम्मा लगाएर काठमाडौँ पठाएका थिए ।

Both comments and pings are currently closed.

Comments are closed.