रामेछापको भिरपानी गाविसको ५ नं वडा मदिरा निषेधित क्षेत्र घोषित ।।

चैत्र ६,रामेछाप
रामेछाप जिल्लाको भिरपानी गाविसको ५ नं वडा मदिरा निषेधित क्षेत्र घोषित भएको छ । स्थानीय पशुपति महिला आमा आमा समुहको अगुवाईमा सो वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । महिला समुहकै अगुवाईमा भिरपानी ५ मा बनाएको अवैध मदिरा पनि नियन्त्रणमा लिई नष्ट गरिएको छ । समुहकी अध्यक्ष सिर्जना रायको नेतृत्वमा गएको गएको ६३ जना महिलाहरुले नियन्त्रणमा लिएको २० लिटर अवैध मदिरा प्रहरी चौकि चोप्राङको प्रहरीको रोहबरमा नष्ट गरिएको थियो । महिलाहरुले भिरपानी ५ म कसैले अवैध मदिरा सेवन गरि होहल्ला गरेमा २ हजार रुपैयाँ जरिवान गरी सो रकम समुहको कोषमा राख्ने निर्णय गरेका छन् । त्यस्तै अवैध मदिरा उत्पादन गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ । संकलित रकम समुदायको हितमा खर्च गर्ने योजना उनीहरुले बनाएका छन् । समुहले वैध मदिरा र सुर्तिजन्य वस्तु पनि सार्वजनिक स्थलको २ सय मिटर क्षेत्र भित्र सेवन गर्न रोक लगाएको स्थानीय वोदेन्द्रराज खड्काले जानकारी दिनुभयो ।

Both comments and pings are currently closed.

Comments are closed.