रामेछापमा विद्यार्थी संख्या कम भएका १६ सामुदायीक विद्यालय बन्द हुने ।।

चैत ९ ,रामेछाप
१० जना भन्दा कम बालवालिकाहरु अध्ययनरत रहेका जिल्लाका १५ वटा प्राथामिक तहका सामुदायिक विद्यालयहरु र १ वटा निम्न माध्यमिक तहको सामुदायिक विद्यालय वन्द गर्न जिल्ला शिक्षा कार्यालयले प्रक्रिया अगाडि बढाएको जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले जानकारी दिनुभयो । बैशाख महिना देखी शुरु हुने नयाँ शैक्षिक सत्रबाट वन्द हुने विद्यालयहरुमा रणज्योति प्रावि मन्थली, तामाकोसी प्रावि मन्थली, राधाकृष्ण प्रावि मन्थली, कोलेश्वर प्रावि फुलासी, सुनकोसी प्रावि रामेछाप, नवबुद्ध प्रावि खाँडादेवी, जनता प्रावि पुरानागाउँ, कैलाश्वरी प्रावि चनखु, भुमेश्वर प्रावि चनखु भगवति मंगला प्रावि मझुवा, कालिदेवी प्रावि सालु, सिद्धार्थ प्रावि गौश्वारा, सन्तोषि प्रावि दिमीपोखरी, सूर्यश्वर प्रावि गुन्सी, सिद्धदेवी निमावि बेताली र नवविहानी प्रावि पिङखुरी रहेको जिल्ला शिक्षा कार्यालय रामेछापले जनाएको छ । जिल्ला शिक्षा कार्यालय रामेछापले विद्यार्थी संख्या र विद्यालय जाने दुरीका आधारमा विद्यालयहरु बन्द गर्न लागेको जिल्ला शिक्षा कार्यालयले जनाएको हो विद्यार्थी संख्या घट्न थालेपछि जिल्ला शिक्षा कार्यालयले तिन बर्ष अगाडिबाट नयाँ विद्यालय संन्चालनको अनुमति पनि बन्द गरेको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.