सचिव गाउँ नगएपछि सेवाग्राही समस्यामा, सदरमुकाम पुग्दा खर्च बढ्यो ।।

फागुन १०,रामेछाप
ग्रामीण भेगमा गाविस सचिव गाउँ नगएपछि रामेछाप जिल्लाका सेवाग्राही आक्रोसित बन्न थालेका छन् । सदरमुकाम केन्द्रित सचिवहरुलाई पटक–पटक गाउँ जान निर्देशन दिइएपनि नगएपछि सेवाग्राही मर्कामा परेका हुन् ।सचिव गाउँ नगएपछि नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, मालपोत रसिद लगायतका सिफारिस लिने काममा बाधा पुग्नुका साथै ढिला हुने गरेको सेवाग्राहीको भनाइ छ । गाउँमा सचिव नबसेपछि सचिव खोज्दै सदरमुकाम धाउनु पर्ने अवस्था रहेको सेवाग्राहीहरुको गुनासो बढिरहेको छ । सरकारी तलब खाएर सदरमुकाममा कोठा खोजेर बस्नु भन्दा गाविसमा नै कोठा खोजेरै भए पनि बसेर काम गर्ने हो भने आफूले खर्च गरी सदरमुकाममा पुग्नु नपर्ने उनीहरुको भनाइ छ । आफ्नो कामको लाग्ने राजस्व दस्तुर भन्दा जादाँ आउदाँ, बस्दा बढि खर्च भएको भन्दै उनीहरु रुष्ट बन्न थालेका छन् । संकटकालको समयमा गाविस सचिव तथा कार्यलयको सुरक्षाको दृष्टिकोणले असुरक्षित बनेपनि अहिले त्यस्तो अवस्थामा नरहेको र गाविसमा फर्केर कामलाइ निरन्तरता दिन सामाजिक सुरक्षा भत्ताको प्रभावकारीताको विषयमा आइतवार रामेछापको नागदह गाविसमा स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजना रामेछापको सहयोगमा मानव अधिकार तथा सामाजिक न्याय संयोजन केन्द्र हुसोक रामेछापको आयोजनामा भएको सामुदायिक अंक पत्रको आमन्ने सामुन्ने बैठक कार्यक्रममा सहभागी भएका नागदह गाविसका सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका ब्यक्तिहरुले जोड दिएका छन् । गाविस सचिव सामाजिक सूरक्षा भत्ता बाँड्ने समयमा मात्र गाविसमा आउने गरेको देखेको र आफूले सेवा लिनुपर्ने अन्य समयमा सेवा पाउन नसेकेकोमा गुनासो व्यक्त गरेका छन् ।

Both comments and pings are currently closed.

Comments are closed.