दैविक प्रकोप हुन सक्ने भन्दै रामेछापमा उच्च सतर्कता ।।

चैत ११,रामेछाप
बढ्दो खडेरीसँगै आगलागि हुने सम्भावनालाई मध्ये नजर गर्दै जिल्ला दैवी प्रकोप उद्धार समिति रामेछापले उच्च सर्तकता अपनाएको छ । समितिले मन्थली वैठक राखि ठोस योजना सहित अघि बढ्ने बताएको छ । समितिले आफु मातहतका इलाका वन कार्यालय एवं वन रक्षकहरुलाई अग्नी नियन्त्रण सामाग्रीहरु सहित तयारी हालतमा रहन जिल्ला वन कार्यालयलाई निर्देशन दिएको छ । बजारबासी एवं बजार क्षेत्रमा रहेका सरकारी निकायहरुले कम्तीमा एक÷एक फायर स्टीङ राख्ने व्यवस्था मिलाउने समेत समितिले जनाएको छ । त्यस्तै जिल्ला स्थित सुरक्षा निकायहरु नन्दाबक्स गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलले कम्तिमा एक÷एक टोली बनाई उद्धार सामाग्री सहित जुनसुकै बेला परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्ने निर्णय भएको छ । समितिले मन्थली लगायतका बजार क्षेत्रमा प्रज्वलनशील पेट्रोलियम पदार्थहरु खुला रुपमा राखी प्रयोग एवं विक्री वितरण गर्ने गरेको बुझिएकोले यसबाट आगलागी जस्ता विपद्का घटना हुन गई जनधनको क्षति समेत हुने भएकाले यस्ता कार्यलाई तत्काल रोक्न लगाउने निर्णय गरेको छ । मन्थली नगरपालिका लगायतका आसपासका क्षेत्रहरु सुख्खा ग्रस्त क्षेत्र भएकाले आगलागीको जोखिम उच्च रहेको छ । जिल्लामा हालसम्म पनि दमकलको व्यवस्था नभएकोले आगलागीका कारण जनधनको क्षति हुन सक्ने भएकोले मनथली नगरपालिकालाई कम्तिमा १ वटा दमकल तथा अग्नि नियन्त्रण सामग्रीहरुको व्यवस्था गरिदिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा अनुरोध गर्ने समेत समितिको वैठकले निर्णय गरेको छ । यसैबीच बुधबारै सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोख्रेलको नेतृत्वको अनुगमन टोलीले मन्थली बजारमा अनुगमन गरिएको छ । अनुमनको क्रममा २ वटा पसलहरु दर्ता नै नगरि सञ्चालन गरेको पाइएको अनुगमन टोलीका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी तिलकराम पोख्रेलले जानकारी दिनु भयो । टोलीले मन्थली बजारको कटरबोटदेखि तामाकोसी सहकारी अस्पतालसम्मका किराना पसल तथा फलपूmल पसलहरुको अनुगमन गरेको थियो । प्रशासनको निर्देशन पछि बजारमा खुल्ला रुपमा विक्रिको लागि राखिएको पेट्रोल हटाइएको पाइएको पनि पोख्रेलले जानकारि दिनु भयो ।

Both comments and pings are currently closed.

Comments are closed.