एमाओवादी मोर्चद्वारा लाठी जुलुस प्रदर्शन ।।

चैत्र १५,रामेछाप
एकिकृत नेकपा माओवादी मोर्चाले आज रामेछाप सदमुकाम मन्थलीमा लाठी जुलुस प्रदर्शन गरेको छ । एमाओवादी केन्द्रिया सदस्य एवं रामेछाप जिल्ला ईञ्चार्ज धावा लामाको नेतृत्वमा पार्टी कार्यलयबाट निस्किएको लाठी जुलुसले मन्थली बजार परिक्रमा गरेको थियो । मोर्चाका कार्यकर्ताले हातमा लाठि र बाँसका भाटा लिएर बजार परिक्रमा गरेका हो । बजार परिक्रमा गरी कटहरबोटमा पुगी जुलुस कोण सभामा परिणत हुने बेलामा प्रदशनकारीको लाठि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरु संग लाठी मागेपछि उनिहरुले प्रहरीलाई लाठी दिएका थिए । कटहरबोटमा भएको कोण सभामा बोल्दै एमाओवादी क्षेत्र नम्बर २ का निर्वाचित सभाषद श्याम श्रेष्ठले लाठी प्रदशण आन्दोलनको पहिलो प्रदर्शन मात्र भएको बताए । उनले अबको आन्दोलन सशक्त्त रुपमा अघि बढ्ने समेत चेतावनी दिनु भयो । यसैबिच मोहान बैद्य नेतृत्वको नेकपा माओवादीले पनि सदरमुकाम मन्थलीमा कार्यकर्ता प्रशिक्षण तथा नगर भेला कार्यक्रम गरेको छ । जिल्ला बिकाश समितीको हलमा भएको कार्यक्रममा पाटि जिल्ला अध्यक्ष अन्जन लामाको अध्यक्षयतता रहेको थियो भने केन्द्रिय पोलिटब्युरो सदस्य राम आर्चाय प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा जिल्लाका ३५ जना कार्यकर्ताको सहभागीता रहेको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.