अलैची बिक्रिबाट ५ करोड आम्दानी ।।

चैत्र १७, रामेछाप
रामेछापमा यस बर्ष अलैची बिक्रीबाट ५ करोड बराबरको अम्दानी भएको जिल्ला कृषि विकाश कार्यालयले जनाएको छ । जिल्लाको ६२ हेक्टर क्षेत्रफलमा अलैची खेति बस्तार गरिएकोेमा ४८ हेक्टर क्षेत्रफलबाट २२ मेट्रिकटन अलैचि उत्पादन भएको जिल्ला कृषि विकाश कार्यलयका प्रविधिक सहायक हिमाल भुसालले जानकारी दिनु भयो । खेति बिस्तार गरेको ३ बर्षमा मात्र फल दिने भएकाले यो बर्ष ४८ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन लिईएको उहाँले बताउनु भयो । जिल्लाकाको पकेट क्षेत्र मानिने गुम्देल, बाम्तीभन्डार, कुबुकास्थली, प्रिती, गुप्तेश्वर, भुजी, दोरम्बा, डढुवा, रस्नालु, बेताली लगायतका गाविसमा अलैची खेति गरिदै आईएको छ । गत बर्षको तुलनामा यस बर्ष १० मेट्रिकटन बढि उत्पादन भएको पनि उहाँले बताउनु भयो । रामेछापको प्रमुख नगदे बाली अलैची १२ सय देखि २१ सय मिटर भएका क्षेत्रमा फल्ने गर्दछ ।

Both comments and pings are currently closed.

Comments are closed.