तीन सय ३० लिटर घरेलु रक्सी नष्ट ।।

चैत्र २२,रामेछाप
रामेछापको सदरमुकाम मन्थलीका विभिन्न स्थानबाट प्रहरीले ३ सय ३० लिटर घरेलु रक्सी नियन्त्रणमा लिएर नष्ट गरेको छ ।जिल्ला सदरमुकाम मन्थलीका होटलमा विक्रीका लागि लुकाएर ल्याउँदै गरेको अबस्थामा मन्थली नगरपालिकाको कुडहर, भैश्वेस्वर, मन्थलीघाट, मन्थलीवजार र आकाशे एरियावाट प्रहरीले रक्सी नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रणमा लिएको घरेलु रक्सी प्रहरीले संचारकर्मी, घरेलु तथा साना उद्योग विकास समिति, कोषतथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रसासन कार्यालय र रामेछाप उद्योग वाणिज्य संघको प्रतिनिधिको रोहवरमा मन्थली प्रहरी कार्यालय हाताभित्र नष्ट गरेको हो । पछिल्लो समय रामेछापमा प्रहरीले घरेलु रक्सीको विक्री वितरणमा कडाई गर्दै आएको छ ।

Both comments and pings are currently closed.

Comments are closed.