नजिकको बिद्यालय सँग समायोजन गर्ने तयारी ।।

चैत्र २२,रामेछाप
रामेछाप जिल्लामा १६ वटा बिद्यालय नजिकको बिद्यालय सँग समायोजन गर्ने तयारी गरिएको छ । शिक्षा बिभागको निर्देशन अनुसार कम बिद्यार्थी र अर्को बिद्यालय सँग कम दुरीमा रहेको प्राबी र निमाबी को पहिचान गरी समायोजन गर्ने तयारी गरिएको रामेछापका जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीले बताउनु भयो । मन्थली, खिम्ती, बेताली, रामेछाप, दोरम्बा, चिसापानी, मझुवा, सालु, गुन्सी, गौश्वरा, पिङखुरी लगाएत गाबिसका बिद्यालय हरु समायोजन गर्न लागिएको जिल्ला शिक्षा कार्यालय रामेछाप ले जनाएको । २०७० साल बाट हाल सम्म जिल्लाका ९ बिद्यालय समायोजन भएका छन् भने १ वटा बिद्यालय बन्द्य भएको छ ।

Both comments and pings are currently closed.

Comments are closed.