अनेमसंघ जिल्ला युवा समिति रामेछापमा गठन ।।

चैत २३,रामेछाप
अखिल नेपाल महिला संघ रामेछापको आयोजनामा अखिल नेपाल महिला संघ जिल्ला युवा समिति गठन गरिएको छ । संघका जिल्ला अध्यक्ष शान्ता पौडेलको अध्यक्षता तथा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य माया कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा एमाले जिल्ला कमिटि सचिव आनन्द श्रेष्ठ, युवा संघ रामेछापका सचिव राजकुमार खड्का लगायतले बोल्नु भएको थियो । भेलाले सारदा कार्कीको संयोजकत्वमा १३ सदस्सीय अनेमसंघ जिल्ला युवा समिति रामेछाप गठन गरेको थियो ।

Both comments and pings are currently closed.

Comments are closed.