ओखलढुंगामा मापदण्ड विपरित सल्लाको खोटो संकलन ।।

चैत२३,ओखलढुंगा
ओखलढुंगाको विभिन्न सामुदायिक वनहरुबाट मापदण्ड विपरित सल्लाको खोटो संकलनले केहि सल्लाका बोटहरु मर्न थालेका छन् । वनबाट खोटो संकलन गर्न अनुमति पाएका खोटो संकलक व्यवसायिहरुले सल्लाका बोटहरुबाट तोकिएको परिणामभन्दा बढि खोटो निकाल्दा केहि सामुदायिक वनमा सल्लाका रुखहरु सुक्न र मर्न थालेका हुन् । सल्लाको खोटोबाट अलकत्रा, गम र औषधिसमेत बन्ने भएकोले खोटो रिफाईन गर्ने विभिन्न रोजिन टर्पेन्टाईन कम्पनीहरुले सामुदायिक वनहरुमा न्युनतन सरकारि राजस्व र निकासी कर बुझाई जिल्ला वन कार्यालयको अनुमति लिएर खोटो संकलनको काम गरेका थिए । खोटो संकलकहरुले सल्लाको रुखको फेदको ठाउँठाउँमा काटेर एउटा रुखबाट ५ देखि १० लिटरसम्म खोटो निकाल्ने गरेको पाईएको छ । गर्मी मौसम लागेसंगै खोटो संकलनको काम सकिएका केहि सामुदायिक वनहरुमा खोटो निकाल्नका लागि बनाइएको गहिरो चोट बाट निरन्तर खोटो निस्केर खेर गैरहेको छ । तर यस विषयमा जिल्ला वन कार्यालयमा केहि गुनासो नआएको जिल्ला वन अधिकृत सम्पैत यादवले बताउनुभयो । आफै पनि प्राकृतिक कारणले सल्लाका रुखहरु मर्न सक्ने बताउदै अनुगमन गरिने जिल्ला वन अधिकृत यादवको भनाई रहेको छ । जिल्लाको बलखु, सिस्नेरि, उवु, टोक्सेललगायत ९ वटा गाविसका १६ सामुदायिक वनले खोटो निकासी गर्ने अनुमति पाएका थिए ।

Both comments and pings are currently closed.

Comments are closed.